दुर्गापुरमा विशेष धार्मिक प्रवचन एवं बृहत् सांस्कृतिक कार्यक्रम

ठोस खबर / श्रीकृष्ण जन्माष्टमीको अवसरमा झापाको कनकाई नगरपालिका स्थित दुर्गापुरमा विशेष धार्मिक प्रवचन एवं बृहत् सांस्कृतिक कार्यक्रम गरिएको छ ।
नवजागरण सामाजिक एकता क्लब तथा लियो क्लब अफ कनकाई दुर्गापुरको संयुक्त आयोजनामा शनिबार श्रीकृष्ण जन्माअष्टमीको अवसरमा कनकाई ७ स्थित सगुन पाटि प्यालेसको सभाहलमा विशेष धार्मिक प्रवचन एवं बृहत् सांस्कृतिक कार्यक्रम गरिएको हो ।
कार्यक्रममा कृष्ण लिला प्रवचन आचार्य पण्डित रसिक रिवाज बाट भएको थियो भने कार्यक्रममा विभिन्न तिज विशेष नृत्य , सप्तक संगितालायका बिद्यार्थी द्वारा गायन , कबिता , सास्कृतिक नृत्य लगायतका गतिविधिहरु संचालन गरिएको थियो ।
नवजागरण समाजिक एकता क्लबका अध्यक्ष रिजन तिम्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्र कुमार पोख्रेलको प्रमुख आतिथ्यतामा रहेकोे थियो ।
कार्यक्रममा कनकाई नगरपालिकाको उपप्रमुख आशा शर्मा शिवाकोटी , वडा नम्बर ७ वडाध्यक्ष भीष्म भूषण सिटौला , कार्यपालिका सदस्य लगायतका जनप्रतिनिधि , साहित्य चौतारी झापाका अध्यक्ष , बजार ब्यबस्थापन समिती प्रतिनिधि , संघ सस्थाका प्रतिनिधि , लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा शुभकामना मन्त्वय राख्दै प्रमुख अतिथी साथै अतिथीहरुले यस् प्रकारको कार्यक्रम युवाहरु द्वारा आयोजना गरेकोमा खुसी व्यक्त गरेका थिए ।
महिला समुह, किर्तन समूह , स्थानीयबासी , बिद्यार्थी लगायत १५० जनाभन्दा बढीको सहभागीतामा भएको कार्यक्रमको औचित्य माथी प्रकाश लियो क्लब अफ कनकाई दुर्गापुरका द्वितिय उपाध्यक्ष गप्पु अग्रवालले पारेका थिए भने कार्यक्रममा उपस्थित सबैलाई स्वागत अन्कुर उप्रेतीले गरेका थिए । कार्यक्रम संचालन नवजागरण सामाजिक एकता क्लबका सचिव प्रकाश गौतमले गरेका थिए ।
