झापा २ भदौ / झापाको मेचिनगरमा बिग्रेको फेन बनाउने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मेचिनगर न.पा. ५ भेटघाट चौक बस्ने बर्ष २२ को संदिप राजवंशी रहेका छन ।

उनलाई सोमबार बेलुका अन्दाजी ५ बजेको समयमा आफ्नै घरको टेवल फ्यान बिग्रीई मर्मत गर्ने क्रममा अचानक करेन्ट लागेको थियोे ।

करेन्ट लागेर अचेत भएका राजवंशीलाई उपचारको लागी आम्दा अस्पताल धुलावारी पठाएकोमा उपचारको क्रममा डाक्टरले साझ ६ बजेको समयमा मृत घोषणा गरेको झापा प्रहरिले जानकारी दिएको छ ।

घटनाको ईलाका प्रहरि कार्यलय धुलावारीबाट प्र नि पाण्डवलाल राजबंशीको कमाण्डमा टोली खटिइ गइ थप अनुशंधान भइ रहेको छ ।