ठ‍ोस खबर , ३ भदौ / झापाको कनकाई नगरपालिका ३ एकान्त टोल स्थित सिंह देवी कृतन मण्डलीको नवौं बार्षिक साधारणसभा तथा अधिबेशन सम्पन्न भएको छ ।

मण्डलीका अग्रज भिम प्रसाद खरेलको एकान्त टोल स्थित घर प्राङ्गणमा मंगलबार सम्पुर्ण टोलवासिको उपस्थितिमा नयाँ कार्यसमिति चयन गरी तिज मिलन कार्यक्रम समेत गरिएको छ ।
साधारणसभाले समितिको अध्यक्षमा धार्मिक एवं सामाजिक ब्यक्तित्व केदार भेटवाललाई सर्वसम्मत चयन गरेको छ ।

त्यसैगरी समितिको उपाध्यक्षमा प्रेम प्रसाद खरेल र सचिवमा देवराज उप्रेती सर्वसम्मत चयन हुनुभएको छ ।समितीको सदस्यहरुमा कुमारी उप्रेती , कमला गौतम , पार्वता खरेल , टिका प्रसाईं , श्री प्रसाद खरेल र शुशिला दाहाल सर्वसम्मत चयन हुनुभएको छ ।

कार्यक्रममा प्रमुख अतिथि कनकाई नगरपालिका ३ को बडा सदस्य सुष्मा परियारले नवनिर्वाचित कार्य समितिलाई बधाई दिदै सलफ कार्यकालको लागि शुभकामना व्यक्त गर्नु भएको छ । उहाले यस कृतन मण्डलीलाई ब्यवस्थित तवरले सन्चालन गर्दै जाने क्रममा कुनै समस्या भएमा वडामा सम्पर्क गर्न अनुरोध गर्दै वडाबाट सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ ।

कार्यक्रममा कृतन मण्लीका कलाकारहरु देवि प्रसाद खरेल , श्री प्रसाद खरेल , कमला गौतम , पार्वता खरेल , कमला खरेल , माया कडेल , साथै मण्डली समुहले सामुहिक रुपमा भजन प्रस्तुत गर्नु भएको थियोे भने उपस्थित भक्तजनहरुले नृत्य प्रस्तुत गर्नुभएको थियोे ।

हरितालिका तिजको अवसर पारेर गरिएको कार्यक्रममा दर खानुका साथै तिजका गितहरुमा नृत्य गर्दै मनोरञ्जन गरिएको थियो । कार्यक्रमको व्यवस्थापन तथा संचालन संस्थाका संस्थापक भिम प्रसाद खरेलले गर्नुभएको थियोे ।