ठोस खबर / सधैका बर्ष झै यस बर्ष पनी कनकाई नगरका बंगाली समुदायले यही भदौ ११ गते बाट ३ दिन सम्म भव्य रुपमा मनसा देविको पुजा गर्ने भएका छन ।

आयोजक संस्था बंगाली समाज सेवा समिति कनकाईले पत्रकार सम्मेलनको आयोजना गरि मनसा देविको पूजा आरधना साथै विविध सास्कृतिक कार्यक्रम गर्ने बारे जानकारी गराएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै बंगाली समाज सेवा समितिका अध्यक्ष पंकज मण्डलले यस बर्ष अघिल्ला बर्षहरु भन्दा अझ परिस्कृत गर्दै विभिन्न सास्कृतिक कार्यक्रम सहित मनसा देविको पुजा आरधना गरिने जानकारी दिनु भयो । ३ दिने कार्यक्रम भदौ ११ गते बाट सुर भएपनि भदौ १२ गतेलाई विशेष दिनको रूपमा लिई सास्कृति कार्यक्रम , गंगा आरति , अग्नि तान्नडव र झाँकी सहितका कार्यक्रम गर्न लागिएको अध्यक्ष मण्डलले जानकारी दिनुभएको छ ।

भदौ ११ गते सबैले स्नान गरि न्वाईखाने र ब्रत बसी पुजा सुरु गरिने र १२ गते मध्याह्न १२ बजे बाट ३ बजे सम्म सुरुङ्गा धनुषकुटी मार्ग कालिस्थान चोकमा विविध सास्कृति कार्यक्रम , त्यस पछि बाजागाजा , झाकि सहितको पैदल यात्रा गरि कनकाई नदिको जल ल्याई मनसा देवीलाई अभिशेक साथै पुष्पाञ्जली गरीने र कृतन , झाकी लगायतका कार्यक्रम गरि रातभर जाग्राम बसि १३ गते मनसादेविको पुजाको विर्सजन गरिने समाजका सचिव रविन मण्डलले जानकारी दिनु भएको छ ।

भदौ १२ गते हुने सास्कृतिक कार्यक्रममा राष्ट्रिय कलाकार रोषन अधिकारीको विशेष प्रस्तुति रहने छ भने ताण्डव नृत्यमा कलाकार माधव भेटवालको विषेश प्रस्तुति रहने छ । त्यस्तै कार्यक्रममा स्थानिय बिद्यालयका बिद्यार्थीहरुवाट गित तथा नृत्य , बंगालि सामज भित्रका कलाकार हरुवाट बंगालि परम्परा झल्कने प्रस्तुति रहने समाजका उपाध्यक्ष दिगम मण्डलले जानकारी दिनुभएको छ ।

बंगाली समुदायले मनसा देवीको पूजा गर्नाले दीर्घायु , परिवारको सुख–शान्ति, धन–धान्यको वृद्धि तथा सर्पदंशबाट मुक्ति मिल्छ भन्ने विश्वासका साथ श्रद्धासहित पुजा गरिदै आएको र भक्तिपूर्वक पूजा गर्दा देवी मनसाले भक्तजनका दुःख–कष्ट हटाई स्वास्थ्य, समृद्धि र सम्पन्नता दिन्छिन् भन्ने बिश्वास रहेको संस्थाका सल्लाहकार पवन कुमार मण्डलले वताउनु भएको छ ।

कलश यात्रा र पुजा अवधिभर बंगाली समाजका सदस्य र महिलाहरुले आफ्नो परम्परागत भेषभुषामा रहने , बंगालि परम्परा अनुसार पुजा गरिने र कलश यात्रामा डाँकबाजा तालमा सबैजना हिडने समाजकी सहसचिव मिना मण्डलले बताउँनु भएको छ ।

कार्यक्रम सम्पन्न गर्न अमित मण्डलको संयोजकत्वमा मुल आयोजक समिति गठन गरिएको छ भने मनसा थान सरसफाई उपसमिति, आर्थिक उपसमिति, स्वयंसेवक उपसमिति , अतिथि सत्कार उपसमिति , सास्कृतिक कार्यक्रमको आयोजना गर्ने उपसमिति लगायातका उपसमिति गठन गरि जिम्मेवारी प्रदान गरिएको बंगाली समाज सेवा समिति कनकाईका सचिव रविन मण्डलले बताउँनु भएको छ ।

बंगालि समुदाय साथै अन्य गरी दुई हजार भन्दा बढि भक्तजनहरुको उपस्थितिमा हुने पुजा सम्पन्न गर्न करिव साढे ५ लाख रुपैँया खर्च हुने र यसको व्यावस्थापन बंगाली समाजका सदस्यहरुबाट गरिने र नपुग रकम सहयोगका लागी अन्य संघ संस्था , सहयोगी सामाजिक व्यक्तित्व र स्थानिय सरकार संग अपिल गरिने कार्यक्रम संयोजक अमित मण्डलले जानकारी दिनु भएको छ ।

पत्रकार सम्मेलनमा उपस्थित बंगालि सेवा सामजका सल्लाहकार जन्मजय मण्डल , कार्यसमिति सदस्यहरु निर्मला मण्डल , श्रवण मण्डल , मनोज मण्डललगायतले धार्मिक आस्था संगसंगै बंगाली समुदायको मौलिक सभ्यता, भेषभूषा, खानपान र सांस्कृति पहिचानलाई झल्काउने उद्देश्यसहित पूजाको आयोजना गरिएको वताउनु भएको छ ।