धार्मिक तथा पर्यटकियक्षेत्र दोमुखाको निर्वाचन १४ गते , १५ पदका लागि ३३ जना उम्मेदवार

शिवसताक्षी, ८ भदौ / झापाको धार्मिक तथा पर्यटकीय क्षेत्र दोमुखामा आगामी भदौ १४ गते निर्वाचन हुदैछ ।दोमुखा धार्मिक तथा पर्यटकीय विकास व्यवस्थापन संस्थाको आगामी भदौ १४ गते हुन गइरहेको निर्वाचनका लागि उम्मेद्वरी दर्ता सम्पन्न भएको छ ।
संस्थाको १५ सदस्यिय समितिका लागि ३३ जनाको उम्मेद्वारी परेको दोमुखा धार्मिक तथा पर्यटकीय विकास व्यवस्थापन संस्थाले जनाएको छ ।

संस्थामा अध्यक्ष पदमा मोहनबहादुर कार्की, धनप्रसाद लिम्बु, मनबहादुर मगर र किरण ओली गरी ४ जनाको उम्मेद्वारी दर्ता भएको छ । त्यस्तै प्रथम उपाध्यक्ष पदमा प्रेमध्वज जवेगु र ठाकुर ढकाल २ जना , द्वितीय उपाध्यक्षमा इन्द्रप्रसाद न्यौपाने र कृष्णबहादुर बस्नेत २ जनाको उम्मेद्वारी दर्ता भएको छ ।

त्यसैगरी, सचिव पदमा धनकुमार ढकाल र तेजबहादुर भट्टराई २जना , सह सचिवमा अग्नीप्रसाद राई र देवीबहादुर चेम्जोङ्ग २ जना र कोषाध्यक्षमा चुनमाया दाहाल (आशा) र रेनुका फुयल २जनाको उम्मेद्वारी परेको निर्वाचन समितिले जनाएको छ ।
संस्थाको खुल्ला सदस्यमा सूर्यप्रसाद निरौला, केशरबहादुर हङ्गाम, उमेश माझी, बलबहादुर खुलाल, रेवतप्रसाद संग्रौला, मित्रप्रसाद थापा , प्रेमप्रसाद फुयेल, महेन्द्र जोगी (गोपाल), कृष्णचन्द्र सेलिङ्ग, हरेराम शाह, प्रेमनाथ जोगीको उम्मेद्वारी दर्ता भएको छ ।
त्यसैगरी, महिला सदस्य पदमा राममाया सम्सुहाङ्ग (हिना), सविना लिम्बु (खेवा),सीता खत्री, मनकुमारी लावती योङ्गहाङ, गंगादेवी खतिवडा, कमला लिम्बु, सिर्जना लिम्बु र उर्मिला सार्कीको उम्मेद्वारी परेको निर्वाचन समितिले जनाएको छ ।
संस्थामा अध्यक्ष १, प्रथम उपाध्यक्ष १, द्वितीय उपाध्यक्ष १, सचिव १, सह सचिव १, कोषाध्यक्ष १ (महिला आरक्षण) सदस्य ५ खुल्ला, र सदस्य ४ (महिला आरक्षण) रहने व्यवस्था रहेको छ ।
उमेदवारी दर्ता गरे संगै यस क्षेत्रका मतदाता संग उमेद्वारहरुले मतको लागि अपिल गरेका छन । उनिहरुले सामाजिक सञ्जालबाट र घरघरैमै पुगेर आफ्ना एजेन्डा प्रस्तुत गर्दै मत माग्न थालेका छन ।
