आफ्नै छोराले गरे आमाको ह*त्या

सिन्धुली , १५ भदौ / घरायसी विषयमा विवाद हुदा आफ्नै छोराले आमाको हत्या गरेका छन ।
सिन्धुलीको दुधौली नगरपालिका १४ भौडीमा ४० वर्षिया छोरा तुलाराजले ६५ वर्षिया आम फाल कुमारीको हत्या गरेका हुन ।
घरायसी विषयमा विवाद हुदा आईतवार (आज) बिहान अन्दाजी ११:३० बजेको समयमा छोरा तुला राज सुनुवारले वृद्ध आमा फाल कुमारी सुनुवारको टाउको र छातीमा फलामको खन्तिले प्रहार गरि हत्या गरेको सिन्धुलि प्रहरिले जानकारी दिएको छ ।
आमाको हत्या गरी भाग्दै गर्दा स्थानीयको सहयोगमा प्रहरी टोलीले तुला राजलाई नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरेको सिन्धुली प्रहरिले जानकारी दिएको छ ।
