विद्यालयमै छात्रा ब*ला*त्कृत, प्रधानाध्यापक पक्राउ

उदयपुर , १६ भदौ / उदयपुरमा बिद्यालयको कार्यलय भित्रै छात्रा बलत्कारको आरोपमा बिद्यालयका प्रधानाध्यापक पक्राउ परेका छन ।
उदयपुरको बेलका नगरपालिका २ कन्चनजंगा स्थित हिमशिखर सामुदायिक अंग्रेजी बिद्यालयकी १४ वर्षीया एक छात्रालाई विद्यालयमै जबरजस्ती करणी गरेको आरोपमा बिद्यालयका प्रधानाध्यापक युवराज श्रेष्ठ लाई जिल्ला प्रहरी कार्यालय उदयपुरले पक्राउ गरेको हो ।
प्रधानाध्यापक ४७ बर्षिय युवराज श्रेष्ठले भदौ १४ गते बिहान करिब १०:४५ बजे आफ्नै कार्यकक्षमा बिद्यालयकी १४ वर्षीया एक छात्रामाथि बलात्कार गरेको भन्दै पीडितकी भाउजुले भदौ १५ गते इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलामा लिखित उजुरी दिएकी थिइन् ।
उजुरी दर्ता भएलगत्तै श्रेष्ठलाई पक्राउ गरी उनीमाथि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले
जानाएको छ ।
