ठोस खबर , १७ भदौ / “जहाँ आवश्यकता त्यहाँ लायन्स” भन्ने नाराका साथ सामाजिक सेवामा समर्पित अन्तर्राष्ट्रिय संस्था लायन्स क्लबले बिद्यालयमा पिउने पानीको धारा जडान गर्नुका साथै पानी बोक्ने वोतल वितरण गरेको छ ।

लायन्स क्लब अफ कनकाई दुर्गापुर र लियो क्लब अफ दुर्गापुरले झापाको कनकाई नगरपालिका १ प्रजापतिमा रहेको पशुपति आधारभूत विध्यालयमा निशुल्क रुपमा जडान गरेको धारा सोमबार एक अौपचारिक कार्यक्रम गरी बिद्यालय लाई हस्तान्तरण गरेको हो ।

लायन्स क्लब अफ कनकाई दुर्गापुरका अध्यक्ष भुवन खतिवडाको अध्यक्षतामा भएको अौपचारीक कार्यक्रममा लायन्स इन्टरनेशनल डिस्ट्रिक ३२५ सि का डिस्ट्रिक गभर्नर बवर्जङ्घ थापाको प्रमुख आतिथ्यता रहेको थियो ।

लायन्स क्लब अफ कनकाई दुर्गापुर र लियो क्लब अफ दुर्गापुरले ३५ हजार रुपैयाँ लागतमा जडान गरि बिद्यालय लाए हस्तान्तरण गरेको धारा कार्यक्रमका प्रमुख अतिथि थापाले उद्धाटन गर्नुभएको हो । थापाले धारा उद्घाटन संगै बिद्यालयका वालबालिकाहरुलाई पानी बोक्ने वोतल समेत बितरण गर्नु भएको छ । उहाले क्लबमा आवद्ध सदस्यहरुले आफ्नो कमाईको केहि अंश सामाजिक क्षेत्रमा समर्पण गर्दै आएको र लायन्स क्लब अफ कनकाई दुर्गापुर र लियो क्लब अफ दुर्गापुरले यसै किसिमको सहयोगबाट यस बिद्यालयमा धारा जडान साथै बिद्यार्थीलाई वोतल बितरण गरेकोमा धन्यवाद दिदै आगामी दिनमा पनि क्लबको उदेश्य अनुसार समाज सेवामा निरन्तर सक्रियताको लागि शुभकामना ब्यक्त गर्नु भएको छ ।

कार्यक्रममा सम्बोधन गर्दै लायन्स क्लब अफ कनकाई दुर्गापुरका अध्यक्ष भुवन खतिवडाले धारा जडान र बोतल वितरण गर्ने अवसर प्रदान गरेकोमा बिद्यालय परिवारलाई धन्यवाद दिदै यस कार्यको लागि सहयोग गर्नुहुने सम्पूर्ण लायन्सकर्मी प्रति आभार व्यक्त गर्दै साथीहरुबाट भएको भैतिक र आर्थीक सहयोगले नै आज यो पुन्य कार्य सफल भएको वताउनु भयो ।

लायन्स जोन चियरपर्सन तिलचन रिजाल र बिद्यालयका प्रधानाध्यापक खेम कार्किले शुभकामना मन्तव्य राख्नुभएको कार्यक्रममा धन्यवाद मन्तव्य राख्दै बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष राम पोखरेलले स्वास्थ्य जिवनकागी अति आवश्यक पानीको परिपुर्तिका लागी लायन्स क्लबले आफ्नो बिद्यालयमा धारा जडान साथै नानिबाबुहरुलाई पानि बोक्ने बोतल समेत वितरण गरी सहयोग गरेकोमा आभार व्यक्त गर्नु भयो ।

बिद्यालयका अभिभावक , लायन्स कर्मी शिक्षक , बिद्यार्थी , कर्मचारी साथै स्थानीय व्यक्तित्व हरुको उपस्थितिमा भएको कार्यक्रम संचालन क्लबका सचिव दिपक ओलीले गर्नुभएको थियोे ।