कनकाईका नागरिक सङ्ग लायन्स , लियो कनकाई दुर्गापुर

ठोस खबर , २० भदौ / स्थपनाको छोटो समयमै लायन्स क्लब अफ कनकाई दुर्गापुर र लियो क्लब अफ कनकाई दुर्गापुर सामाजसेवामा सक्रिय रुपमा देखा परेको छ ।
समाज संग जोडिदै कहिले बिद्यालयमा पोषाक वितरण , कहिले स्टेसनरीका सामाग्री वितरण , कहिले झोला वितरण , कतै विद्यालयको भौतिक संरचना जडान , बिद्यालयमा खानेपानीको धारा जडान , वृक्षारोपण , कतै सार्वजनिक कार्यक्रममा पानी वितरण , रक्तदान लगायतका सामाजिक कार्य गर्दै आएको लायन्स क्लब अफ कनकाई दुर्गापुर र लियो क्लब अफ कनकाई दुर्गापुरले पछिल्लो पटक आज शुक्रवारदेखि १० दिने निशुल्क डाइबेटिज (मधुमेह) र प्रेसर (रक्तचाप) परिक्षण शिविर सञ्चालन गरेको छ ।
शिविरको शुक्रबार कनकाई १ काशि मन्दिरमा कार्यक्रमका प्रमुख अतिथि लायन्स इन्टरनेशनल डिस्ट्रिक ३२५ सि का फस्ट डिस्ट्रिक भाईस गभर्नर लायन लिला प्रसाद चिमरीयाले उद्घाटन गर्नु भएको कार्यक्रम संयोजक लायन्स क्लबअफ कनकाइ दुर्गापुरका चिफ एड्भाईजर मनोज पोख्रेलले जानकारी दिनु भएको छ ।
क्लबका अध्यक्ष भुवन खतिवडाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि लायन्स इन्टरनेशनल डिस्ट्रिक ३२५ सि का फस्ट डिस्ट्रिक भाईस गभर्नर लायन लिला प्रसाद चिमरीया , डिस्ट्रिक डाईवेटिज चिफ लायन घनस्याम पोख्रेल, कनकाई नगरपालिका १ वडा सदस्य हरि कु राई , निर्मला खड्का , डिस्ट्रिक चिफ लायन मनोज वस्नेत , एरिया चिफ लायन साजन थापा लगायतले स्वास्थ्य जस्तो संबेदनसिल बिषयलाई समेटेर निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेकोमा आयोजक परिवारलाई धन्यवाद दिदै शिविर सहज तवरले सम्पन्नताकालागि शुभकामना व्यक्त गर्नुभएको छ ।
शिविर उद्घाटन समारोहमा उपस्थित सवैलाई क्लबका जोन चियर पर्सन लायन तिलचन रिजालले धन्यवाद ज्ञापन गर्नु भएको थियोे भने अौपचारी कार्यक्रम सञ्चालन क्लबका सचिव लायन दिपक ओलिले गर्नु भएको थियोे ।
ईशा फार्मेसी एण्ड दुर्गापुर क्लिनिक , दुर्गापुरको प्राविधिक सहयोगमा शुक्रबार कनकाई १ मा गरिएको स्वास्थ्य परिक्षणमा एक सय तिन जना स्थानीयले सेवा लिएको क्लबका अध्यक्ष लायन भुवन खतिवडाले जानकारी दिनुभएको छ ।
दस दिन सम्म निरन्तर चल्ने शिविर भदौ २१ गते कनकाई ६ चम्पापुर चोक , २२ गते कनकाई ७ ईशा फार्मेसी , २३ गते कनकाई १ जुकेकल्भट ,२४ गते कनकाई २ जामुनखाडि सिमसार , २५ गते कनकाई ७ ईशा फार्मेसि , २६ गते कनकाई ७ जेष्ठ नागरिक भवन , २७ गते कनकाई ७ को वडा कार्यलय , २८ गते कनकाई १ सिर्जना टोल र भदौ २९ गते कनकाई २/१ को संगम स्थान गरमकालि मन्दिर परिसरमा गरिने अध्यक्ष खतिवडाले जानकारी दिनु भएको छ ।
