ठोस खबर , २२ भदौ / आज आइतबार भाद्र शुक्ल पूर्णिमामा खग्रास चन्द्रग्रहण लाग्नेछ ।

राति १०:११ बजे सुरु भई ११:५६ बजे मध्यमा पुग्ने यो ग्रहण १:४१ बजे मोक्ष हुनेछ ।
कूल ३ घण्टा ३० मिनेट रहने चन्द्रग्रहणमा १ घण्टा २३ मिनेट खग्रास रहनेछ ।

धार्मिक मान्यता अनुसार ग्रहण लाग्ने केही घण्टाअघि नै सुतक लाग्ने भएकाले आज दिउँसो १:११ बजेदेखि बृद्ध , बालक र रोगी बाहेकलाई भोजन निषेध गरिएको छ । ज्योतिषशास्त्रअनुसार मेष र वृष राशिका लागि लाभदायी भए पनि मिथुन, कर्कट, सिंह, तुला, वृश्चिक, मकर, कुम्भ र मीन राशिका लागि प्रतिकूल मानिएको छ ।
विशेष गरी कुम्भ राशि तथा शतभिषा–पूर्वाभाद्रपदा नक्षत्रमा जन्मेकाका लागि अति कष्टदायी हुने वताइएको छ ।