कनकाईमा असोज ५ गते सम्म कार्यलयवाट प्रवाह गरिने सार्वजनिक सेवा सुचारु नहुने

ठोस खबर , ३१ भदौ / कनकाई नगरपालिकाले असोज ५ गते सम्म सार्वजनिक सेवा सुचारस गर्न नसक्ने भएको छ ।
सोमवार कनकाई नगर परिसरमा कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेलको अध्यक्षतामा बसेको नगरको ५ अौ कार्यपालिका बैठकले विभिन्न निर्णय गर्ने क्रममा असोज ५ गते सम्म सार्वजनिक सेवा सुचारस गर्न नसकिने निर्णय गरेकोे हो ।

बैठक पछि नगरका प्रमुख प्रशासकीय अभिकृत नारायण न्यौपाने सूचना जारी गर्दै भदौ २४ गतेको आन्दोलनको क्रममा नगरपालिका , वडा कार्यलयहरु , स्वास्थ्य संस्थाहरु र पशु शाखामा समेत क्षती पुगेकोले क्षतिग्रस्त कार्यलयहरुको क्षतिको विवरण संकलन , प्रहरि मुचुल्का , सरसफाइ , ईन्टरनेट , बिद्धुत जडान तथा मर्मतकार्य भईरहेकोले असोज ५ गते सम्म कार्यलयबाट नियमित प्रवाह हुने सेवा प्रदान गर्न नसकिने जानकारी दिनुभएको छ ।

तेस्तै अर्को सुचना जारी गर्दै अधिकृत न्यौपानेले भदौ २४ गते आन्दोलनका क्रममा भएको आगजनी र तोडफोड पछि सुरक्षा हेतुले , जानीजानी अथवा अन्जानमा कार्यलयबाट लगीएका सामाग्री यथा सिघ्र फिर्ता दिन अनुरोध गर्दै फिर्ता दिनेको नाम गोप्य राखीने पनी जानकारी गराएका छन । यदि फिर्ता नगरे सिसि फुटेज र उपलब्ध प्रमाणका आधारमा कानुनी कार्वाही गरिने पनि सुचनामा उल्लेख छ ।

तेस्तै सोमबार वसेको कार्यपालिका बैठकले तोडफोड, लुटपाट र आगजनीमा संलग्न व्यक्तिहरूलाई पहिचान गरी अनुसन्धान तथा प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने पनि निर्णय गरेको छ ।
बैठकले आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक व्यक्त गरेको छ भने आन्दोलनमा घाइते भएकाहरूको स्वास्थ्य लाभको कामना गरेको छ ।
