पाथिभरा चौतारी सत्सङ्ग भजन कीर्तन समुहको प्रथम साधारणसभा सम्पन्न , अध्यक्षमा प्रसाईं

ठोस खबर , २५ असोज / झापाको कनकाई नगरपालिका ३ सुरुङ्गाको तल्लो बजार स्थित पाथिभरा चौतारी सत्सङ्ग भजन कीर्तन समुहको प्रथम साधारणसभा सम्पन्न भएको छ ।
ज्येष्ठ नागरिकको त्याग र तपस्याबाट स्थापना भई २०८१ भदौ १२ गते कनकाई नगरपालिकामा दर्ता गरी हरेक शनिबार सत्सङ्ग , भजन कीर्तन सहित विभिन्न कार्यक्रम गर्दै आएको पाथिभरा चौतारी सत्सङ्ग भजन कीर्तन समुहले शनिवार सुरुङ्गा स्थित होटल डिलाईटको सभाहलमा प्रथम साधारणसभा सम्पन्न गरेको हो ।
साधारण सभाले स्थापना कालमा तदर्थ समितिको अध्यक्ष भई कार्य सम्पन्न गर्नु हुने ज्येष्ठ नागरिक खड्गप्रसाद प्रसाईको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति निर्विरोध चयन गरेको छ ।

समितीको उपाध्यक्षमा धनमाया चिमरिया , सचिवमा भक्तिप्रसाद प्रसाईं , सहसचिवमा गणेशप्रसाद पोखरेल , कोषाध्यक्षमा गीता पाण्डे भेटवाल र सदस्यहरुमा जमुना सिटौला , लोकप्रसाद थपलिया , बिष्णु ओली , धनपती सुवेदी , गंगा पाठक र निर्मला सेलवाल निर्विरोध चयन हुनुभएको निर्वाचन समितिका संयोजक चन्द्रप्रसाद प्रसाईंले जानकारी दिनुभएको छ ।
साधारणसभाले ३ सदस्यीय लेखा समिति समेत निर्विरोध चयन गरेको छ । लेखा समिति संयोजकमा रामनाथ ढकाल र सदस्यमा गोपी पाण्डे र चन्द्रकला ओली निर्विरोध चयन हुनुभएको छ ।
सभामा संस्थाका अध्यक्ष प्रसाईले संस्थाले गरेका काम र भावि नीति तथा योजना समेटिएको अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने कोषाध्यक्ष गिता पाण्डे भेटवालले ५ लाख २९ हजार ९ सय एक रुपैयाँ बराबरको आय व्यय समेटिएको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । सचिवको प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका सचिव भक्तिप्रसाद प्रसाईंले संस्थाका जिन्सी सामाग्री बारे जानकारी दिनुभएको थियोे भने लेखा प्रतिवेदन लेखा समिति संयोजक रामनाथ ढकालले प्रस्तुत गर्नु भएको थियो । प्रस्तुत सबै प्रतिवेदन वन्दसत्रले अनुमोदन गरेको थियोे । बन्दसत्रको माईनट लेखन खेम प्रसाईं र दिनानाथ खतिवडाले गर्नु भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि कनकाई नगरपालिका ३ को कार्यवाहक वडा अध्यक्ष कृष्णमाया भुजेल , अतिथिहरु ख्याम ओली , निर्मल कुमार खतिवडा , दिनानाथ खतिवडा लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियोे भने ज्येष्ठ माताहरु कौसिला दाहाल र टीका सिवाकोटीले भजन प्रस्तुत गर्नु भएको थियोे ।
विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि , धार्मिक , सामाजिक एवं शैक्षिक व्यक्तितब , संस्थाका सल्लाहकार लगायतको आतिथ्यता रहेको कार्यक्रममा संस्थाका आजिवन सदस्य , साधारण सदस्य , ज्येष्ठ मातापिता लगायतको उपस्थिति रहेको थियोे । कार्यक्रममा उपस्थित सबैलाई संस्थाको उपाध्यक्ष धनमाया चिमरियाले स्वागत गर्नुभएको थियोे भने कार्यक्रम संचालन संस्थाका सहसचिव गणेशप्रसाद पोखरेलले गर्नुभएको थियोे ।
