ठोस खबर/ झापाको कन्काई नगरपालिका ६ स्थित पारिजात अंग्रेजी माध्यमिक विद्यालयको प्राङ्गणमा शनिबार आयोजित जुनियर प्रथम मैत्रीपूर्ण अन्तर डोजो कराते प्रतियोगितामा बेनुबाजा डोजो प्रथम भएको छ।

झापा जिल्ला कराते महासङ्घको समन्वय तथा पारिजात डोजोको आयोजनामा भएको जुनियर प्रथम मैत्रीपूर्ण अन्तरडोजो कराते प्रतियोगितामा बेनुवाजा अंग्रेजी माध्यमिक विद्यालयको बेनुवाजा डोजो ६ स्वर्ण २ रजत र काश्य पदक सहित प्रथम भएको हो ।
त्यसैगरी प्रतियोगितामा देवकोटा अंग्रेजी माध्यमिक विद्यालय ४ स्वर्ण ६ रजत र काश्य पदक सहित द्वितीय भएको छ भने आयोजक पारिजात अङ्ग्रेजी माध्यमिक विद्यालयको पारिजात डोजो ३ स्वर्ण ४ रजत र काश्य पदक सहित तृतीय भएको नेपाल कराते महासङ्घ झापाका सचिव तथा पारिजात डोजोका प्रशिक्षक राजेन्द्र सुब्बाले जानकारी दिनुभएको छ ।

प्रतियोगितामा देवकोटा डोजो , विद्योदय डोजो , बेनुबाजा डोजो , सिंहदेवी डोजो र आयोजक पारिजात डोजोबाट १०० भन्दा बढी खेलाडीहरू सहभागी रहेका थिए । प्रतियोगितामा २० केजी तौल समूहदेखि ५० केजी तौल समूहसम्मका महिला र पुरुषहरूको अलगअलग र विभिन्न तौल समूहमा प्रतिस्पर्धा भएको थियो ।

प्रतियोगितामा देवकोटा डोजोबाट युसु मगर , विद्योदय डोजोबाट बिरुना बेहोरा , बेनुबाजा डोजोबाट सुमन अधिकारी , सिंहदेवी डोजोबाट देवराज तामाङ र पारिजात डोजोबाट नुमा लिम्बु उत्कृष्ट खेलाडी घोषित हुँदै मेडल , ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् ।

विजेता टिम तथा खेलाडीहरूलाई कार्यक्रमका प्रमुख अतिथि जिल्ला खेलकुद विकास समितिका प्रवक्ता , कराते महासङ्घ झापाका अध्यक्ष तथा सितरियो केन्द्रीय सदस्य जगन कार्की (दुर्वासा) त्यसैगरी विशेष अतिथिहरु कराते क्षेत्र नम्बर ४ का संस्थापक प्रशिक्षक युवराज पाठक (राम) , कराते महासंघका सल्लाहकार सदस्य तथा सामाजिक व्यक्तित्व खड्ग बहादुर कार्की , प्याब्सन झापाका सहसचिव तथा बेनुबाजा अंग्रेजी माध्यमिक विद्यालयका सञ्चालक, प्रिन्सिपल विनोद सुब्बा , पारिजात अंग्रेजी विद्यालयका निर्देशक सूर्यप्रसाद पौडेल , पारिजात अङ्ग्रेजी माध्यमिक विद्यालयको प्रअ स्वस्तिका भण्डारी , सहप्रअ सुष्मा पराजुली, शिक्षकहरू सार्थक पौडेल ,स्मृति अधिकारी , कञ्चन ढकाल, स्थानीय सामाजिक व्यक्तित्व लिला सुवेदी लगायतले ट्रफी मेडल र प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

प्रतियोगितामा कराते महासङ्घका जिल्ला सदस्य अशोक राई रेफ्री संयोजकको रुपमा रहनुभएको थियो भने टीका राजवंशी सहसंयोजक रहनुभएको थियो । प्रतियोगितामा रेफ्री सन्देश मगर , दिलकुमार राई , टेक्रा डोजोका कोच लालबहादुर तामाङ लगायतले सहजीकरण गर्नुभएको थियो ।

प्रतियोगिताको समापन कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि जिल्ला खेलकुद विकास समितिका प्रवक्ता कराते महासङ्घ झापाका अध्यक्ष तथा सितोरियो केन्द्रीय सदस्य जगन कार्की (दुर्वासा), विशेष अतिथिहरु कराते महासङ्घका सल्लाहकार सदस्य तथा सामाजिक व्याक्तित्व खडगबहादुर कार्की , प्याब्सन झापाका सहसचिव तथा बेनुबाजा अंग्रेजी माध्यमिक विद्यालयका सञ्चालक प्रिन्सिपल विनोद सुब्बा , पारिजात अंग्रेजी माध्यमिक विद्यालयका निर्देशक सूर्यप्रसाद पौडेल लगायतले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि खेलकुद अपरिहार्य रहेको भन्दै खेलले विद्यार्थीमा रहेको अन्तरनिहित क्षमतालाई अगाडि ल्याउन सहयोग गर्नुका साथै अनुशासनमा रहन सिकाउने र व्यक्तिगत तथा राष्ट्रको सुरक्षामा समेत महत्व राख्ने बताउनुभयो ।

जिल्ला कराते महासंघ सचिव तथा पारिजात डोजोका प्रशिक्षक राजेन्द्र लिम्बुको सभापतित्वमा भएको समापन कार्यक्रमको सञ्चालन अन्तर्राष्ट्रिय पदक विजेतासमेत रहनुभएका राष्ट्रिय खेलकुद परिषद् प्रशिक्षक दुर्गाराज निरौलाले गर्नुभएको थियो ।