झापा , ११ कार्तिक / झापाको शिवसताक्षी नगरपालिका–१० माईधार चौकस्थित पूर्व–पश्चिम राजमार्गमा बस दुर्घटना हुदा १९ जना घाइते भएका छन् ।
रामेछापको मन्थलीबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १–०१–००१ क ४२०९ नम्बरको रात्री बस गय राति करिव ४ बजेको समयमा अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल पल्टिँदा उक्त घटना भएको हो। बसमा २५ जना सवार रहेका मध्ये १९ जना घाइते भएका छन्। घाइतेहरूको उपचारका लागि बिर्तासिटी अस्पताल, बिर्तामोड पठाइएको प्रहरीले जनाएको छ।

बस चालक राजु भुजेल सहित घाइतेहरुको अवस्था मध्यम रहेको बताइएको छ । बाँकी ६ जना यात्रु भने सामान्य रहेर आफ्ना गन्तव्यतर्फ गएका छन्।

घाइतेहरूको सूची

१. राजु भुजेल, ३९, मेचिनगर–६, झापा — टाउकोमा चोट, अवस्था मध्यम।
२. अम्बरबहादुर बुढाथोकी, ६५, मन्थली–१०, रामेछाप — घाँटी र ढाडमा चोट, मध्यम।
३. इच्छा लिम्बु, १७, झापा गाउँपालिका–३ — निधार, हात, खुट्टामा चोट, मध्यम।
४. भीमप्रसाद पुरी, ३५, मन्थली–९, रामेछाप — करङमा चोट, मध्यम।
५. रबिलाल गनेस, २०, कचनकवल–४, झापा — टाउकोमा चोट, मध्यम।
६. मिटु खत्री, ६५, ठाडादेवी–३, रामेछाप — ढाडमा चोट, मध्यम।
७. परिना गनेस, २१, कचनकवल–४, झापा — टाउको र ढाडमा चोट, मध्यम।
८. सिमित्रा खड्का कार्की, ३६, बिर्तामोड–१०, झापा — हात र खुट्टामा चोट, सामान्य।
९. एलोन कार्की, ९, झापा — टाउको र छातिमा चोट, मध्यम।
१०. प्रदीप बहादुर बस्नेत, ३०, बैनेश्वर–३, दोलखा — टाउकोमा चोट, मध्यम।
११. अनु श्रेष्ठ, ८, देउराली, रामेछाप — टाउकोमा चोट, सामान्य।
१२. कुमार बस्याल, २८, तामाकोशी–३, दोलखा — छातिमा चोट, सामान्य।
१३. भेमा राजबंसी, २७, कचनकवल–६, झापा — छाति र काँधमा चोट, मध्यम।
१४. रामकुमार श्रेष्ठ, ३५, बिर्तामोड–५, झापा — छाति र तिघ्रामा चोट, सामान्य।
१५. रिदम श्रेष्ठ, ९, बिर्तामोड–५, झापा — हात र खुट्टामा चोट, सामान्य।
१६. पूर्णबहादुर नेपाली, २३, बिर्तामोड–५, झापा — टाउको र काँधमा चोट, सामान्य।
१७. सितल नेपाली, १८, — आँखामा चोट, सामान्य।
१८. अभिषेक राजबंसी, २१, बाह्रदशी–५, झापा — नाकमा चोट, सामान्य।
१९. श्यामलाल किस्कु, १८, झापा गाउँपालिका–२ — टाउकोमा चोट, सामान्य।