खजुरगाछी बजारमा आगलागी हुँदा दुई घर र एक पसल जलेर नष्ट

झापा, १४ कार्तिक / झापाको गौरीगंज गाउँपालिका–६ स्थित खजुरगाछी बजारमा गए राती करिब १० बजे भीषण आगलागी हुँदा दुई घर र एक पसल जलेर पूर्ण रूपमा नष्ट भएका छन् । आगलागीबाट स्थानीय चन्द्र नायकको किराना पसल र रेखा ढकालको घर जलेर पूर्ण रूपमा क्षति पुगेको प्रहरीले जनाएको छ ।
आगलागी राति करिब १० बजे तिर सुरु भएको थियो । आगो तीव्र रुपमा फैलिँदै जाँदा नजिकै रहेका राजेन्द्र ढकालको घरमा पनि पूर्ण क्षति पुगेको र त्रिभुवन आदर्श पुस्तकालयमा आंशिक क्षति पुगेको बताइएको छ ।
आगो नियन्त्रणका लागि गौरादह नगरपालिका, कमल गाउँपालिका र शिवसताक्षी नगरपालिकाबाट आएका दमकलसहित स्थानीयबासी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त प्रयासमा करिब डेढ घण्टापछि नियन्त्रणमा ल्याइएको थियो ।
