झापा १७ कार्तिक / झापाको कनकाई नगरपालिका–२ सुकेडागी उत्तर झण्डीडाँडा भन्ने स्थानमा एक अज्ञात पुरुष मृत अवस्थामा फेला परेका छन्।

सोमबार दिउँसो करिब १२:३० बजे स्थानीयवासीले करिब ४० देखि ४२ वर्ष उमेरका पुरुषलाई घोप्टो परेको अवस्थामा देखेपछि प्रहरीलाई जानकारी गराएका थिए।

सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी अधिकृतको कमाण्डमा टोली घटनास्थल पुगेर मुचुल्का उठाउने तथा आवश्यक अनुसन्धान कार्य अघि बढाएको प्रहरीले जनाएको छ।मृतकको नाम, थर र स्थायी ठेगाना हालसम्म खुलेको छैन। घटनाको वास्तविक कारण र मृत्यु कसरी भएको हो भन्नेबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।