झापा , १९ कार्तिक / झापाको विर्तामोड न.पा. ६ स्थित सुगम शान्ति टोलको तोरीवारी नजिक रहेको सिमल तरुलको झाडीमा सोमबार वेवारिसे अवस्थामा ०३११००८७२ न. को इन्सास हति*यार थान-१, ऐ.को म्याग्जिन थान-१, ऐ. को राउण्ड १९ सावुत र २ राउण्ड वेसावुत गोलि फेला परेको प्रहरीले जनाएको छ ।

उक्त हतियार २४ गते जेन-जी आन्दोलनको क्रममा इप्रका अनारमनिबाट लुटिइएको वताईएको छ ।
हतियार बरामद गरि इप्रका अनारमनिमा ल्याइ राखिएको र थप अनुसंधान भइरहेको प्रहरिले जनाएको छ ।
जेन-जी आन्दोलनको क्रममा इप्रका दमक र बिर्तामोडबाट लुटिएका अझै २२ नाल भेटिन बांकि रहेको प्रहरिले जनाएको छ ।