झापामा ट्याक्टर दुर्घटनाबाट एकजनाको मृत्यु

झापा , २६ कार्तिक / झापा गाउँपालिका–६ शरणामतीमा ट्याक्टर दुर्घटनामा परि एकजनाको मृत्यु भएको छ।
हिजो कार्तिक २५ गते बिहान करिब १० बजे ४५ वर्षीय सुनिल सोरेनले मे १ त ३३१६ नम्बरको ट्याक्टर आफ्नै साहुको घरबाट निकाल्ने क्रममा अचानक लडी दुर्घटना भएको हो।
दुर्घटनामा सोरेनको दुवै खुट्टा र टाउकोमा चोट लागेको थियो। उनलाई उपचारका लागि बिर्तामोडस्थित बिर्ता सिटी अस्पताल लगिएकोमा दिउँसो करिब ३:३० बजे उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
