ठोस खबर , २९ कार्तिक / विश्व मधुमेह दिवसको अवसर पारेर लायन्स क्लब अफ कनकाई सुरुङ्गा र लियो क्लब अफ कनकाई सुरुङ्गाको संयुक्त आयोजनामा सुरुङ्गामाएक दिवसिय निशुल्क स्वास्थ्य गरिएको छ ।

सुरुङ्गा स्थित प्रधान मेडिसिन सेन्टरको विशेष सहयोगमा आज शनिबार लायन्स क्लब अफ कनकाई सुरुंगा र लियो क्लब अफ कनकाई सुरुङ्गाले एक दिवसीय स्वास्थ्य शिविर सञ्चालन गरी निःशुल्क रुपमा मधुमेह र युरिन परीक्षण गरेको हो ।
शिविरमा १३४ जनाले स्वास्थ्य परीक्षण गराएको लायन्स क्लब अफ कन्काई सुरुङ्गाका प्रेसिडेन्ट मानबहादुर दाहाल (कुमार)ले जानकारी गराउनुभएको छ ।

लायन्स इन्टरनेसनलको ग्लोबल कजेज अन्तर्गतका आठवटा कार्यक्रमहरु लाइन्स क्लब अफ कनकाई सुरुङ्गाले विभिन्न क्षेत्रहरूमा निरन्तर गर्दै आएको र यसै अन्तर्गत हरेक वर्ष गरिँदै आएको मधुमेह परीक्षण यस वर्ष कनकाई ३ स्थित सुरुङ्गामा गरिएको लायन्स क्लब अफ कनकाई सुरुङ्गाका प्रेसिडेन्ट मानबहादुर दाहाल (कुमार) जानकारी गराउनुभएको छ ।

शिविरमा लायन्स क्लब डिस्ट्रिक ३२५ सि का प्रथम डिस्ट्रिक गभर्नर लीला चिमरिया, लायन्स क्लब अफ कन्काई सुरुङ्गाका पूर्व अध्यक्ष तथा डिस्ट्रिक चिफहरू मनोज बस्नेत, सुरेन्द्र प्रधान , एरिया चिफ साजन थापा, पूर्व अध्यक्षहरु गंगाराम दाहाल, गंगाराम गजुरेल (सञ्जय) जोन चेयर पर्सन तिलचन्द्र रिजाल , लायन्स क्लब अफ कन्काई दुर्गापुरका प्रेसिडेन्ट भुवन खतिवडा, कनकाई उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष जनक कार्की लगायतको उपस्थिति रहेको थियो ।