साहित्य संगम र नारायणी मेमोरियल फाउन्डेसनको आयोजनामा छात्रवृत्ति वितरण , सम्मान साथै साहित्य कार्यक्रम

गोपी मिश्र ,ठोस खबर तेह्रथुम / साहित्य संगम आठराई र नारायणी मेमोरियल फाउन्डेसन झापाको संयुक्त आयोजनामा तेह्रथुममा छात्रवृत्ति वितरण , सम्मान साथै बृहत साहित्य कार्यक्रम भएको छ ।
तेह्रथुम बहुमुखी क्याम्पसको सभाहलमा सोमबार सम्पन्न कार्यक्रममा बिद्यालय /क्याम्पस स्तरीय कविता प्रतियाेगिता गरिएको थियाे ।
प्रतियोगितामा प्रणामी माविको बिद्यार्थी दृष्टि मैनाली प्रथम , तेह्रथुम बहुमुखी क्याम्सको बिद्यार्थी भावना बाँस्कोटा द्वितीय र कृष्ण मावि डाडाँगाउँको बिद्यार्थी एन्जल निराैला तृतीय हुँदै क्रमश नगद दुई हजार , एक हजार पाँचसय र एकहजार साथै प्रमाण पत्र प्राप्त गरेका छन । तस्तै प्रतियोगितामा सहभागी सबै प्रतियोगीलाई सान्त्वना पुरस्कार नगद पाँच सय र प्रमाण पत्र कार्यक्रमका अध्यक्ष राजन तिम्सिना , प्रमुख अतिथि आठराई गाउपालिकाका उपाध्यक्ष वलिराज इङ्नाम साथै अतिथिहरुले प्रदान गर्नुभयो ।
कार्यक्रममा नारायणी मेमोरियल फाउन्डेसन स्थापना भए यता हरेक बर्ष पुर्वका ४ जिल्ला झापा , मोरङ्ग , तेह्रथुम र ताप्लेजुङमा बितरण गर्दै आएको शैक्षिक छात्रवृत्ति अन्तरगत तेह्रथुममा वितरण गरिने छात्रवृत्ति समेत वितरण गरिएको थियोे । जस अन्तर्गत तेह्रथुमका बिभिन्न पालिकाका बिद्यालयबाट छनौटमा परेका २५ जना बिद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ ।
यो छात्रवृत्ति पहिलो बर्ष २५ जना विद्यार्थीबाट सुुरु गरिएको, अहिले ८४ जना विद्यार्थीलाई दिईदै आएको र हरेक बर्ष छात्रवृत्ति पाउने बिद्यार्थी संङ्या थपिदै गएका छन । छात्रवृत्ति प्राप्त गर्ने सफल विद्यार्थीलाई कक्षा ६ बाट सुरु गरी कक्षा १२ पास गर्दा सम्म हरेक बर्ष निरन्तर छात्रवृत्ति प्रदान गरिदै आएको छ ।
त्यस्तै कार्यक्रममा साहित्य संगम आठराईका संस्थापकहरुलाई सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा साहित्य संगम आठराईका संस्थापक सचिव शेरबहादुर इङनाम, काेषाध्यक्ष पूर्व कुलपति गंगाप्रसाद उप्रेती , सदस्यहरु नरेन्द्र कुमार कार्की , डिल्लीप्रसाद सिटौला , तेजप्रसाद सिटौला , हरिभक्त सिटौला , यज्ञराज प्रसाई र नेम फाउन्डेसनका संस्थापक नरेन्द्रप्रसाद पाठक लाई सम्मान गरिएको छ भने कवि अनिरुद्र साहित्य पुरस्कारबाट साहित्यकार विजय सागर सुब्बालाई सम्मान गरिएको छ ।

कार्यक्रमकै अवसरमा साहित्य संगम आठराईको सातौं अधिवेशन समेत सम्पन्न भएको छ । अधिवेशनबाट अध्यक्षमा अम्बिका चुडाल थपलिया , उपाध्यक्ष गोपीचन्द्र मिश्र , सचिव मदन गुरुङ , सहसचिव कमल तिम्सिना र कोषाध्यक्ष झुमा दुलाल सहित ९ सदस्य नयाँ कार्यसमिति चयन गरिएको निर्वाचन समितिका संयोजक भीमप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

सोही कार्यक्रममा आठराई साहित्य सुदृढीकरण समितिको तेस्रो अधिवेशन समेत सम्पन्न भएकाे छ । अधिवेशनले अध्यक्षमा योगेश काफ्ले , उपाध्यक्षमा करिना थलङ लिम्बु , सचिवमा धर्मप्रसाद गौतम र कोषाध्यक्षमा पूर्णिमा रोक्का सहित सात सदस्य समिति चयन भएको निर्वाचन समितिले जनाएको छ ।
