सुरुङ्गा सहलगानी खानेपानीको ७३ करोड माथिको आयोजनाको शिलान्यास

ठोस खबर ,१५ मंसिर / सुरुङ्गा सहलगानी खानेपानी तथा सरसफाई आयोजनाको आइतबार एक कार्यक्रमका बीच कार्यक्रमको प्रमुख अतिथि खानेपानी मन्त्रालयको सचिव इन्जिनियर प्रमिलादेवी शाक्य बज्राचार्यले शिलान्यास गर्नुभएको छ ।

कुल रकम ७३ करोड ७० लाख ७९ हजार ३३२ रुपैयाँ बराबरको लागत स्टमेट स्वीकृत भई आर्थिक वर्ष २०८१/०८२ मा यस आयोजनाको पहिलो चरणको संरचना निर्माणको लागि २५ करोड ७२ लाख ७१ हजार बराबरको कार्यको लागि प्रमुख अतिथि बज्राचार्यले शिलान्यास गर्नुभएको हो ।
खानेपानी तथा ढल व्यवस्थापन कार्यालय विराटनगर अन्तर्गत सञ्चालित खानेपानी तथा सरसफाई सहलगानी कार्यक्रमबाट सुरुङ्गा खानेपानी तथा सरसफाई आयोजनालाई बजेट विनियोजन भई नेपाल सरकारको नम्स अनुसार डिपिआर तयार गरी कुल रकम ७३ करोड ७० लाख ७९ हजार ३३२ रुपैयाँ बराबरको लागत स्टमेट स्वीकृत भई आर्थिक वर्ष २०८१/०८२ मा यस आयोजनाको पहिलो चरणको संरचनाको निर्माणको लागि २५ करोड ७१ लाख ४० हजारमध्ये नेपाल सरकारको अर्थमन्त्रालयबाट पहिलो चरणको स्रोत सहमति रकम रु १८ करोड सुनिश्चित भएको र उपभोक्ताको ३०% सहभागिता अन्तर्गतको नगद ७ करोड ७२ लाख ७१ हजार सहित कुल रकम २५ करोड ७२ लाख ७१ हजार बराबरको काम सुरु भएको हो ।

सो रकमबाट पहिलो चरणमा नौ लाख लिटर क्षमता बराबरको ओभरहेड ट्याङ्की , चार लाख लिटर क्षमताको अन्डर ग्राउन्ड रिजर्भ वयर ट्याङ्की , सम्पवैल , मिक्सिङ च्याम्बर , रेपिड सेन्ट फिल्टर अप्रेसन हाउस , लगायतका संरचनाहरू निर्माण गरिने र यो सहलगानी योजनालाई निरन्तरता दिदै चाडै योजना सम्पन्न गरी कनकाईका नागरिकलाई शुद्ध पानी वितरण गरिने लक्ष रहेको संस्थाका अध्यक्ष भिम प्रसाद अधिकारीले जानकारी दिनु भएको छ ।
योजना अन्तर्गत निर्माण हुने नौ लाख लिटर क्षमता बराबर को ओभरहेड ट्याङ्कीको शिलान्यास गर्दै कार्यक्रमको प्रमुख अतिथि खानेपानी मन्त्रालयको सचिव इन्जिनियर प्रमिलादेवी शाक्य बज्राचार्य , कार्यक्रमको विशिष्ट अतिथि कन्काई नगरपालिकाका उपप्रमुख आशा शर्मा शिवाकोटी, अतिथि खानेपानी तथा ढल व्यवस्थापन आयोजना विराटनगरका प्रमुख सुरतलाल चौधरी , सुरुङ्गा खानेपानीका उपभोक्ता तथा योजना समन्वयकर्ता राजेन्द्र उप्रेती लगायतले योजना सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

खानेपानी मन्त्रालयका सहसचिव बालमुकुन्द श्रेष्ठ , खानेपानी तथा ढल व्यवस्थापन विभाग उपमहानिर्देशक माधवप्रसाद अधिकारी , खानेपानी तथा सरसफाई डिभिजन कार्यालय झापाका प्रमुख सुमन भट्टराई , कन्काई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपाने , हालचालु योजना जलजला अमर शान्ति प्रायान जेवीका प्रमुख प्रविन धिमाल ,दियालो सफ्टवेयरका व्यापार अधिकृत रोशन गौतम , दियालो सफ्टवेयरका जनसम्पर्क प्रबन्धक उत्तम खड्का लगायतको अतिथ्यतामा सम्पन्न शिलान्यास कार्यक्रम मा सुरुङ्गा खानेपानी तथा सरसफाई उपभोक्ता समूहका संस्थापक पूर्व समितिका पदाधिकारी उपभोक्ता पानी सुरक्षा समितिका पदाधिकारीहरु लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा उपस्थित सबैलाई स्वागत सुरुङ्गा खानेपानी तथा सरसफाई उपभोक्ता समितिका उपाध्यक्ष राजेन्द्र उप्रेतीले गर्नुभएको थियो । कार्यक्रम सञ्चालन संस्थाका सचिव गोपाल खरेलले गर्नुभएको थियो ।
