ठोस खबर , २४ मंसिर / झापाको कन्काई नगरपालिका ८ खाडी बस्तीस्थित भित्री सडक खण्डमा दुई मोटरसाइकल र एक अटोबीच दुर्घटना हुँदा घाइते भएका एकजनाको उपचारको क्रममा मृत्यु भएको छ ।

गत सोमबार बेलुका ५:४० बजेको समयमा राजगढबाट लक्ष्मीपुरतर्फ आउँदै गरेको मे ९ प ४६९१ नं. को मोटरसाइकल त्यस्तैगरि लक्ष्मिपुरबाट राजगढ तर्फ जाँदै गरेको प्र.१-०१-०१२प ८५६५ न. को मोटरसाइकल र राजगढबाट लक्ष्मिपुर तर्फ जाँदै गरेको प्र.१-०१-००१ ह ९७६० न. को अटो बिच दुर्घटना भएको थियोे ।

दुर्घटनामा ४६९१ न. को मोटरसाइकल पछाडी सवार जिल्ला झापा बाह्रदशी गा.पा. वडा न.३ बस्ने वर्ष २४ को बिकास राजबंशी गम्भिर घाईते भएका थिए । उनको बिर्तासिट अस्पतालमा उपचारको क्रममा आज मृत्युु भएको हो । कानुनी प्रकृया पुरा गरी पोष्टमार्टमको लागी शव प्रादेशिक अस्पताल भद्रपुर झापा पठाईएको र तिनैवटा सवारि साधन प्रहरीको नियन्त्रणमा रहेको प्रहरिले जानकारी गराएको छ ।