पूर्व प्रहरी द्वार पत्रकार खरेल र जेष्ठ नागरिक सम्मानित , संगठनको अध्यक्षमा पुनः सेडाई

ठोस खबर , २६ मंसिर / नेपाल पूर्व प्रहरी सङ्गठन कनकाई नगर समितिले पूर्वाञ्चलकर्मी पत्रकार तीर्थराज खरेल साथै संगठनका जेष्ठ नागरिकलाई सम्मान गरेको छ ।

सङगठनको चौथो अधिवेशनको अवसरमा सञ्चारकर्मी तथा स्तम्भकार खरेललाई फूलमाला, दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि नेपाल पूर्व प्रहरी सङ्गठनका केन्द्रीय सदस्य मदनगोपाल सुब्बा , कार्यक्रमका अध्यक्ष हरिप्रसाद सेडाई साथै अतिथिहरुले खरेललाई सम्मान गर्नुभएको हो ।

शिक्षाक्षेत्रमा पनि क्रियाशील खरेललाई निष्पक्ष तथा निष्ठावान रही व्यावसायिक पत्रकारितामार्फत समाज र जनताको सेवा गरेवापत सम्मान गरिएको बताइएको छ ।
सोही कार्यक्रममा नेपाल पूर्व प्रहरी सङ्गठनलाई तन, मन र धनले सहयोग पुर्याउने ७० वर्षमाथिका ज्येष्ठ पुर्व प्रहरीहरू निरबहादुर थापा, दुर्गाहादुर पौडेल, भीमप्रसाद दाहाल, लीलाबहादुर भण्डारी र सन्तबहादुर थापालाई फूलमाला, अबिर र सम्मानपत्रले सम्मान गरिएको थियो ।

अधिवेशनमा संगठनको सांगठनिक प्रतिवेदन प्रस्तुत गर्दै संगठनका अध्यक्ष हरिप्रसाद सेडाईले कनकाई नगर क्षेत्रमा हाल ८५ जना पूर्व प्रहरीहरू भए पनि सङ्गठनमा ६६ जना मात्र आबद्ध रहेको र २२ लाख रुपैयाँको नगरस्तरीय कल्याण कोष सञ्चालनमा रहेको बताउनु भयो । नेपाल पूर्व प्रहरी सङ्गठन कनकाई नगर कार्यसमितिको कोषमा नियमित मासिक बचत गर्ने सदस्यहरूलाई क्यान्सर, मिर्गौला फेल र मुटु रोगका लागि ११ हजार नगद सहयोग गर्ने गरिएको पनि अध्यक्ष सेडाईले बताउनु भयो ।

अधिवेशनले आगामी ३ बर्षे कार्यकालका लागी कार्य समिति समेत चयन गरेको छ । कार्य समितिको अध्यक्षमा कनकाईमा संगठन स्थापना काल देखीका अध्यक्ष हरि प्रसाद सेडाई पुन: सर्वसम्मत चयन हुनुभएको छ । त्यसै गरि उपाध्यक्षमा केशरबहादुर भुजेल , सचिवमा अमरबहादुर लिम्बु , सहसचिवमा रामप्रसाद गिरी , कोषाध्यक्षमा भगिरथ पाठक र सह कोषाध्यक्षमा देवीचरण पाठक सर्वसम्मत चयन हुनुभएको छ।
संगठनको सदस्यहरुमा रमेश शिवाकोटी , भीमप्रसाद दाहाल , लिला बहादुर भण्डारी , वेदप्रसाद पौडेल र महिला सदस्य निर्मला लिम्बु सर्वसम्मत चयन हुनुभएको छ ।
अधिवेशनले खेमराज कार्की संयोजक , सूर्यकुमार प्रसाई सह संयोजक र सदस्यहरू अग्निप्रसाद नेपाल , निरबहादुर थापा , सीताराम संग्रौला र शम्भुप्रसाद ढकाल (सुस्केरा) सदस्य सहेको ६ सदस्यीय सल्लाहकार समिति समेत चयन गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथि नेपाल पुर्व प्रहरी संगठनका केन्द्रीय सदस्य मदनगोपाल सुब्बा, विशेष अतिथि झापा जिल्ला समितिका पूर्व अध्यक्ष खेमराज कार्की, प्रगति टोल विकास संस्थाका सचिव होम दुलाल, सङगठनका मेचीनगर अध्यक्ष अमिन अलि शेख, मेचीनगर सल्लाहकार संयोजक याम आचार्य, झापा जिल्ला सदस्य भूपेन्द्र गिरी, सम्मानित व्यक्तित्व खरेललगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा पूर्व प्रहरीहरू शम्भु ढकाल (सुस्केरा), सिताराम संग्रौला , अग्निप्रसाद नेपाल , जयश्वर आङ्देम्बे , नरेश कार्की , तिलक श्रेष्ठ , कमल चापागाईं लगायतको आतिथ्य रहेको थियो भने पुर्व प्रहरीको उल्लेख्य उपस्थित रहेको थियोे ।
कार्यक्रममा उपस्थित सबैलाई पुर्व प्रहरी संगठन कनकाई नगर समितिका सल्लाहकार सहसंयोजक सूर्यकुमार प्रसाईंले स्वागत गर्नुभएको थियोे भने सङगठनका सचिव अम्बरबहादुर लिम्बूले सञ्चालन गर्नुभएको थियोे ।
