सुरुङ्गा रेडक्रस उपशाखाले गरेको निःशुल्क आँखा शिविरबाट ३९३ जना लाभान्वित

ठोस खबर , २ पुस / सामाजिक क्षेत्रमा क्रियाशील संस्था नेपाल रेडक्रस सोसाइटी सुरुङ्गा उपशाखाले मंगलबार झापाको कन्काई नगरपालिका १ जामुनवारी स्थित सरस्वती माविमा गरेको निःशुल्क आँखा शिविरबाट स्थानीय ३९३ जना लाभान्वित भएका छन् ।
नेपाल रेडक्रस सोसाइटी सुरुङ्गा उपशाखाको आयोजना तथा आइ केयर फाउन्डेसन नेदरल्यान्ड मार्फत मेची आँखा अस्पताल बिर्तामोडको प्राविधिक सहयोगमा सञ्चालन गरिएको निःशुल्क आँखा शिविरबाट स्थानीय जनाले ३९३ जनाले सेवा लिएको रेडक्रस सोसाइटी सुरुङ्गा उपशाखाका सचिव दिपक भट्टराईले बताउनु भएको छ ।
शिविरमा आँखा परीक्षण गर्दा शल्यक्रिया गर्नुपर्ने गरीका ११ जना आँखा रोगीलाई निःशुल्क शल्यक्रियाको लागि मेची आँखा अस्पताल पठाइएको रेडक्रस सोसाइटी सुरुङ्गा उपशाखाका अध्यक्ष गोपाल उप्रेतीले बताउनु भएको छ ।
औषधि प्रयोग गर्नुपर्ने गरीका आँखा रोगीलाई निःशुल्क औषधि त्यस्तै चस्मा प्रयोग गर्नुपर्ने ८० जना आँखा रोगीलाई निःशुल्क चस्मा समेत प्रदान गरिएको रेडक्रस सोसाइटी सुरुङ्गा उपशाखाका उपकोषाध्यक्ष उत्सव वास्तोलाले बताउनु भएको छ ।
शिविरमा भेटिएका निशुल्क बाहेक अन्य उपचार गर्नु पर्ने गरिका आँखा रोगीहरुलाई आवाश्यक परामर्श गरी उपचारको लागि सल्लाह सुझाव दिईएको छ ।
