होटल व्यवसायी संघ सुरुङ्गाको बाघडोर सिटौलाको हातमा

ठोस खबर , ७ पुस / कनकाई नगर क्षेत्रका होटल व्यवसायीहरुको छाता संगठन होटल व्यवसायी सङ्घ सुरुङ्गा क्षेत्रीय समितिको अध्यक्षमा युवा व्यवसायी गोपाल सिटौला सर्वसम्मत चयन हुनुभएको छ ।

कन्काई ३ मा रहेको होटल समृद्धिका सञ्चालक तथा गणपति स्टिल , अल्मुनियम, युपीभिसी झ्यालढोका संसार का प्रोप्राइटर स्थापित युवा व्यवसायी गोपाल सिटौला आगामी कार्यकालको लागि होटल व्यवसायी सङ्घ सुरुङ्गा क्षेत्रीय समितिको अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको हो ।
त्यसैगरी सङ्घको वरिष्ठ उपाध्यक्षमा आइपी भट्टराई , उपाध्यक्षमा इन्द्रबहादुर राई , महिला उपाध्यक्षमा भूमा गौतम , सचिवमा कैलाश बराल , सहसचिवमा कुमार बास्तोला , कोषाध्यक्षमा सुरेश तिवारी , सह कोषाध्यक्षमा पीताम्बर पाठक सर्वसम्मत चयन हुनुभएको छ ।
संघको सदस्यहरूमा क्रमश कुमार पाठक , विवेक अधिकारी , सपना कटुवाल , रबिन अधिकारी , टंकप्रसाद लुइटेल , पंकज मण्डल , मुना आचार्य , मानबहादुर थिङ , सागर गिरी र पर्शुराम राजबंशी सर्वसम्मत चयन हुनुभएको निर्वाचन समितिका सदस्य सरोज सिटौलाले जानकारी दिनुभएको छ ।
नवनिर्वाचित कार्यसमितिलाई सोमबार झापाको पर्यटकीय स्थल धनुषकुटी धाम सुकेडागी क्षेत्रमा एक कार्यक्रमका बीच पद हस्तान्तरण गरिएको छ । नवनिर्वाचित समितिलाई निर्वाचन समितिका संयोजक तीर्थ खरेलले शपथ ग्रहण गराउँदै पद हस्तान्तरण गराउनुभएको हो ।

होटल व्यवसायी सङ्घ सुरुङ्गा क्षेत्रीय समितिको पदभार ग्रहण गर्दै नवनिर्वाचित अध्यक्ष गोपाल सिटौलाले दुई वर्ष अगाडिको आर्थिक मन्दी पछि बल्ल तंग्रिदै गरेका सम्पुर्ण व्यवसाय त्यसपछिको जेन्जी आन्दोलबाट होटल व्यवसायी साथै सम्पूर्ण व्यवसायीहरूलाई असर परिरहेको अवस्थामा होटल व्यवसायी सङ्घ सुरुङ्गा क्षेत्रीय समितिको बागडोर सम्हालिरहँदा धेरै चुनौतीहरू रहेको भएपनि कार्यसमितिका साथीहरूको साथ सहयोग र सल्लाहबाट ती चुनौतीहरूको डटेर सामना गर्दै सुरुङ्गा क्षेत्रीय समितिलाई नमुना समितिको रुपमा अगाडि बढाउने प्रतिबद्धता जाहेर गर्नुभयो । उहाँले अन्य कार्यहरू अहिलेनै यो गर्ने भन्दा पनि भविष्यमा गरेरै देखाउने बताउनुभयो ।
होटल व्यवसायी सङ्घ सुरुङ्गा क्षेत्रीय समितिका कार्यवाहक अध्यक्ष तिलक श्रेष्ठको अध्यक्षतामा भएको पद हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि पर्यटन कार्यालय काँकडभिट्टाका प्रमुख छविलाल खतिवडा , होटल व्यवसायी सङ्घका केन्द्रीय सदस्य भूपेन्द्र न्यौपाने , प्रदेश अध्यक्ष राजन दंगाल , जिल्ला अध्यक्ष इन्दिरा श्रेष्ठ , जिल्ला महासचिव राजन पौडेल , होटल व्यवसायी सङ्घ सुरुङ्गा क्षेत्रीय समितिका संस्थापक अध्यक्ष हरिभक्त सिटौला लगायतले नवनिर्वाचित कार्यसमितिलाई बधाई दिँदै सफल कार्यकालको लागि शुभकामना व्यक्त गर्नुभएको छ ।
पद हस्तान्तरणसँगै वनभोजसमेतको आयोजना गरिएको कार्यक्रममा होटल व्यवसायी सङ्घ सुरुङ्गा क्षेत्रीय समितिका अध्यक्ष कुमार श्रेष्ठ, होटल व्यवसायी सङ्घका वरिष्ठ जिल्ला उपाध्यक्ष ख्याम ओली , होटल व्यवसायी सङ्घका विभिन्न क्षेत्रीय समितिका प्रमुख तथा प्रतिनिधि , विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थित सबैलाई स्वागत होटल व्यवसायी सङ्घको सदस्य भुमा गौतमले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन सचिव कैलाश बरालले गर्नुभएको थियो ।
