ठोस खबर , ११ पुस / स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) कनकाई बहुमुखी क्याम्पस सुरुङ्गाद्वारा आयोजित अन्तर क्याम्पस स्तरीय टि-१ क्रिकेट प्रतियोगिताको उपाधी काकडभिट्टा बहुमुखी क्याम्पसले जितेको छ ।

कन्काई बहुमुखी क्याम्पसको प्राङ्गणमा पुष ७ गतेबाट आयोजित प्रतियोगितामा आज बिहिबार भएको फाइनल खेलमा गौरादह कृषि क्याम्पसलाई ८ विकेटले पराजित गर्दै काकरभिटा बहुमुखी क्याम्पस विजयी भएको हो।

फाइनल प्रतियोगितामा पहिले ब्याटिङ गर्दै १० ओभर पुरा खेलेको गौरादह कृषि क्याम्पसले ६९ रन बनाएको थियो । ७० रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको काकरभिट्टा बहुमुखी क्याम्पसले आठ ओभर दुई बल खेल्दै दुई विकेटको क्षतिमा लक्ष्य पुरा गरेको थियो ।

प्रतियोगितामा विजेता बनेको काकडभिट्टाले नगद ३० हजार ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता गौरादहले नगद २० हजार ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा द्वितीय पुरस्कारको नगद राशि निजी तथा आवसिय विद्यालयहरूको छाता संगठन कनकाई नगर प्याब्सनले सौजन्य गरेको कनकाई बहुमुखी क्याम्पसका स्ववियु सहसचिव गोपाल नेपालले जानकारी गराउनुभएको छ ।

त्यसैगरी प्रतियोगिताका उत्कृष्ट बलर शनिसरे बहुमुखी क्याम्पसका अभिक कट्वाल , उत्कृष्ट ब्याट्सम्यान काँकडभिट्टा बुमखी क्याम्पसका विशेष बुढाथोकी र प्लेयर अफ द सिरिज गौरादह कृषि क्याम्पसका बब्बु यादव लाई नगद सहित र ट्रफी प्रदान गरिएको छ ।

प्रतियोगिताका विजेता उपविजेता तथा विधागत उत्कृष्ट खेलाडीहरूलाई आयोजक कन्काई बहुमुखी क्याम्पसका स्ववियू सभापति बासुदेव निरौला , तरुण दल केन्द्रीय सदस्य तथा नेपाल विद्यार्थी सङ्घ निवर्तामन झापा जिल्ला सभापति राजेन्द्र उप्रेती ,शनिसरे बहुमुखि क्याम्पसका स्ववियु सभापति विशाल थापा , काकडभिट्टा बहुमुखि क्याम्पसका स्ववियु सभापति सुरज राई , गौरादह कृषि क्याम्पसका स्ववियु सभापति स्वर्णिम अधिकारी लगायतले पुरस्कार वितरण गर्नु भएको थियोे ।

प्रतियोगितामा मेची बहुमुखी क्याम्पस , काकडभिट्टा बहुमुखी क्याम्पस , इन्द्रचन्द्र क्याम्पस , दमक बहुमुखी क्याम्पस , कन्काई उच्च मावि , कनकाई आदर्श क्याम्पस , सीता रमेश क्याम्पस , शनिश्चरे बहुमुखी क्याम्पस , त्रिदेव बहुमुखी क्याम्पस गौरादह कृषि क्याम्पस , गौरीगञ्ज बहुमुखी क्याम्पस र आयोजक कन्काई बहुमुखी क्याम्पसको “ए” र “बी” टिम गरी १३ वटा टिमको सहभागिता रहेको थियो । खेल अम्पायर बिजय घिमिरे र अजल ताम्राकारले निश्पक्ष रुपमा प्रतियोगिता सन्चान गर्नु भएको थियोे ।

प्रतियोगिता सम्पन्न गर्न हरेक क्षेत्रबाट सहयोग गर्नु हुने सबैलाई धन्यवाद ज्ञापन गर्दै आयोजक कनकाई बहुमुखी क्याम्पसक सुरुङ्गाका स्ववियु सभापति बासुदेव निरौलाले जिल्लाभर स्ववियु रहेका क्याम्पसहरूको बीच एकआपसमा मैत्रीपूर्ण वातावरण बनोस् , विद्यार्थीहरूको शारीरिक ,मानसिक, सामाजिक र व्यवहारिक पक्षको विकास होस् भन्ने उद्देश्यले अहिलेको समयमा संसारमै क्रिकेटप्रति बढ्दै गएको क्रेजलाई मध्यनजर गर्दै प्रथम अन्तर क्याम्पस स्तरीय टि-टेन क्रिकेट प्रतियोगिता आयोजना गरिएको र आगामी वर्षमा पनि यस प्रतियोगितालाई निरन्तरता दिँदै जाने बताउनुभएको छ ।