ठ‍ोस खबर , ३० पुस / झापा कनकाई नपा ४ कोटिहोम माई पुल स्थित पुर्व पश्चिम राजमार्गमा कार र मटरसाईकल एक आपसमा ठोकिदा मोटरसाइकल चालक कनकाई ४ का कमल पराजुलीको मृत्यु भएको छ ।

कनकाई पुलमा मंगलबार बेलुका ८:३० बजेको समयमा
तत्काल नं. नखुलेको सेतो कारले बिपरित दिशाबाट आउदै गरेको BAAB 6126 नं. को मोसालाई ठक्कर दिदा मोसा चालक कनकाई नपा वडा नं. ४ बस्ने बर्ष ३५ को कमल पराजुलीको टाउकोमा चोट लागी तत्काल उपचारको लागी बि.एण्ड सी. अस्पताल बिर्तामोड पठाइएको थियो ।

पराजुलीलाई डाक्टरले राती ९:२० बजे उपचारको क्रममा मृत घोषित गरेका थिए । प्रहरिले घटनाको थप अनुसन्धान गरिरहेको छ ।