दिव्यरत्नमा स्काउटको क्याम्प फायरिङ साथै दिक्षान्त समारोह

ठोस खबर , ३० पुस / झापाको कनकाई नगरपालिका ३ स्थित दिव्यरत्न अंग्रेजी बिद्यालयमा स्काउटको क्याम्प फायरिङ साथै दिक्षान्त समारोह सम्पन्न भएको छ ।
दिव्यरत्न स्काउट दलका बिद्यार्थी हरूलाई स्काउट सदस्यता व्याज बितरण गरि दिक्षित गर्न बिद्यालयले आयोजना गरेको दुई दिवसीय कार्यक्रम अन्तर्गत पहिलो दिन मंगलबार बिद्यार्थीहरु ल्याडर क्लाईमिङ्ग , बेम्बो ब्यालेन्स , टायर टनल , कर्लिङ्ग , ओ-मेगा जम्प लगायतका साहासिक कार्यहरुमा सहभागी भएका छन ।
सोही साझ बिद्यालयमा क्याम्प फायरिङ समेत गरिएको छ ।

क्याम्प फायरिङ संगै बिद्यार्थी हरुले विभिन्न मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए भने कार्यक्रममा उपस्थित अतिथि , अभिभावक , शिक्षक , बिद्यार्थी , कर्मचारी साथै स्थानीयले छमछमी नाचेर मनोरञ्जन गरेका थिए ।
कार्यक्रममा शुभकामना मन्तब्य राख्दै प्रमुख अतिथि कनकाई नगर स्काउट आयुक्त अरुण नेपालले स्काउटको माध्यमबाट विद्यार्थीमा रहेको अन्तर्निहित क्षमतालाई प्रस्फुटन गर्नको लागि साथै नानीबाबुहरूलाई शिक्षा सँगै संस्कार सिकाउनको लागि विभिन्न विद्यालयहरूले स्काउटका कार्यक्रमहरु गरिरहेको कुरा जानकारी गराउँदै अभिभावकहरुलाई पनि स्काउटका कार्यक्रमहरु पनि शैक्षिक गतिविधि भित्रै पर्ने कार्यक्रम भएको बुझेर आफ्ना नानीबाबुहरुलाई सरिक गराउनको लागि अनुरोध गर्नुभयो ।
त्यस्तै कार्यक्रममा शुभकामना मन्तव्य राख्दै कनकाई नगर प्याब्सनका अध्यक्ष विनोद उप्रेतीले आफू नगर प्याब्सनको अध्यक्ष भएर नियालिरहँदा दिव्य रत्न अंग्रेजी विद्यालयले विद्यार्थीहरु भित्र रहेको अन्तर्निहित क्षमता प्रस्फुटन गर्नको लागि विविध अतिरिक्त क्रियाकलापहरू गर्दै विद्यार्थीलाई सक्रिय रुपमा सहभागिता गराउँदै आएको देखिएको बताउनुभयो । उहाँले विद्यालयले विद्यार्थीहरूको शारीरिक एवं मानसिक विकासको लागि गर्दै आएको अतिरिक्त क्रियाकलापको प्रशंसा गर्दै विद्यार्थीलाई अनुशासित र मर्यादित बनाउने स्काउट जस्तो कार्यक्रम विद्यालयमा राखेर क्याम्पफायर गरी विद्यार्थीलाई दीक्षित समेत गरेकोमा धन्यवाद ज्ञापन गर्नुभयो ।
त्यस्तै बुधबार विहान सर्व धर्म सभा पछि दिव्यरत्न स्काउट दलका ६८ जना बिद्यार्थी मध्ये २० जना बिद्यार्थीलाई पहिलो दिक्षान्त समारोहबाट स्काउट सदस्यता ब्याज बितरण गरी दिक्षित गरीएको छ ।
क्याम्फायर तथा दिक्षान्त समारोह स्काउट अर्पण थापा मगरको नेतृत्वमा रहेको नेपाल स्काउटका राष्ट्रिय युवा परिषद सदस्य विपल लोहार , स्काउटर तुलसा मगर , रोभर रोयल अधिकारी , रेन्जर आशिका बराल साथै बिद्यालयका स्काउट प्रशिक्षक सागर चौहान लगायतको टोलीले सहजीकरण गरेको थियो ।
कार्यक्रममा कनकाई नगर प्याब्सनका पूर्व सचिव तथा कनकाई फुट्सलका सञ्चालक मोहन थापा , झापा मेरीगोल्ड अंग्रेजी विद्यालयको शिक्षक प्रतिनिधि अमृता अधिकारी खड्का , विद्यालय व्यवस्थापन समितिका सदस्य दुर्गा गौतम, धना प्रसाई ढुङ्गाना , विद्यालयका अतिरिक्त विभाग प्रमुख निर्मल ढुङ्गाना , ग्रान्ड प्यसेफिक होटल वीर्तामोडका जीएम माधव लुइटेल , कल्याण खड्का , दिव्य रत्न अङ्ग्रेजी माविका पूर्व स्काउट प्रशिक्षक नरेन्द्र श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो ।
बिद्यालयका संस्थापक तथा स्काउट दल अध्यक्ष सागर ढुङ्गानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपस्थित सबैलाई स्वागत बिद्यालयको शिक्षक निर्मला खनालले गर्नुभएको थियोे भने कार्यक्रम सञ्चालन बिद्यालयका स्काउट प्रशिक्षक सागर चौहानले गर्नुभएको थियोे ।
