बिर्तामोडमा सवारी दुर्घटनाहुदा बाह्रदशी ४ का खगेन्द्र मगरको मृत्यु

ठोस खबर , २ माघ / झापाको बिर्तामोडमा माघ १ गते बिहिबार ट्रक र मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा बाह्रदशी ४ का खगेन्द्र मगरको मृत्युु भएको छ ।
बिर्तामोड नगरपालिका ५ सिटि सेन्टर स्थित पुर्व पश्चिम लोकमार्गमा बिहिबार बेलुका अन्दाजी ७:५० बजेको समयमा बिर्तामोड बाट बुट्टाबारी तर्फ जाँदै गरेको ना८ख २२९७ न. को ट्रक र बिपरित दिशाबाट आउँदै गरेको नम्बर नखुलेको (जलेर) मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा मोसा चालक झापा बाह्रदशी गापा ४ बस्ने बर्ष ३२ को खगेन्द्र मगरको बाहिरि चोट नदेखिएको तर गम्भिर अवस्थामा बिएण्डसी अस्पतालमा उपचार भइरहेको अबस्थामा राति ९ बजे मृत्यु भएको जिल्ला प्रहरी झापाले जनाएको छ ।
सोहि मोटरसाईकलमा पछाडी सवार मृतक मगरको श्रीमति बर्ष २५ की सुकमाया तामाङको बिएण्डसि अस्पतालमा उपचार भईरहेको र अवस्था गम्भिर रहेको वताईएको छ ।
दुर्घटना पश्चात मोटरसाईकलमा आफै आगलागी भई मोटरसाईकल पुर्ण रुपमा जलेको हुँदा प्रहरी र बिर्तामोड नगरपालिकाको दमकलले उक्त आगलागी राति ८:३० बजे नियन्त्रणमा लिएको छ ।
ट्रक जिल्ला ट्राफिक कार्यलय झापाको नियन्त्रणमा र मोटरसाईकल इलाका प्रहरी कार्यलय अनारमनिको नियन्त्रणमा रहेको छ । ट्रक चालक तत्काल फरार रहेका छन भने खोजतलाश कार्य भईरहेको र घटनाको अनुसंधान जारि रहेको प्रहरिले जनाएको छ ।
