ठोस खबर, ३ माघ /झापाको बिर्तामोड ८ हर्चना टोल स्थित शैनिकमोड भद्रपुर सडक खण्डमा शुक्रबार राति मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

शैनिकमोडबाट भद्रपुर तर्फ जादै गरेको प्र१-०१-०१४ प ५११९ नं. को मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुंदा मोटरसाइकल चालक भद्रपुर ७ बस्ने बर्ष ३६ को सुदिर निरौलाको मृत्यु भएको हो ।

घटनास्थलबाट गम्भीर अवस्थामा उपचारको लागि बिर्तामोड स्थित बिर्तासिटी अस्पतालमा ल्याईएकोमा उपचारको क्रममा सोही राती ९:१५ बजे निरौलालाई डाक्टरले मृत घोषणा गरेको र घटनाको थप अनुसंधान जारि रहेको जिल्ला प्रहरी झापाले जनाएको छ ।