गुडिरहेको ट्याक्टरबाट लडेर राजवंशी को मृत्यु

ठोस खबर , ७ माघ / झापाको शिवसताक्षी न.पा.६ जामबारीमा गुडिरहेको ट्याक्टरबाट लडि एक जनाको मृत्यु भएको छ ।
झापा शिवसताक्षी न.पा.६ जामबारी स्थित झिलझिले-कुञ्जिबारी पक्की सडक खण्डमा बुधबार साझ ६ बजेको समयमा बिष्णु चोकबाट जनता चोकतर्फ जादै गरेको मे १ त ७५६३ नम्बरको ट्याक्टरबाट लडेर ट्याक्टरको सहचालक सोही ठाउका अ.बर्ष २२ को नारायण राजवंशीको मृत्यु भएको हो ।
अचानक गुडिरहेको ट्याक्टरबाट लडि गम्भीर घाइते भई उपचारको लागि आंम्दा अस्पताल दमक लगिएकोमा सोही साझ ६:५५ बजे राजवंशीलाई डाक्टरले मृत घोषणा गरेको हो । ट्याक्टर चालक नितेस घिमिरे र ट्याक्टर इ.प्र.का शिवगंजको नियन्त्रणमा रहेको र थप अनुसंधान जारि रहेको झापा प्रहरीले जनाएको छ ।
