ठोस खबर , १० माघ / गृल तथा स्टील व्यवसायी संघ झापाको अध्यक्षमा खगेन्द्र प्रसाद प्रसाई सर्वसम्मत चयन हुनु भएको छ ।

झापाको पर्यटकीय छेत्र सुकेडागी वनभोज स्थलमा शनिबार सम्पन्न संस्थाको १४ औं वार्षिक साधारणसभा तथा पाँचौं अधिवेशनबाट प्रसाईं सर्वसम्मत रुपमा अध्यक्षमा चयन हुनुभएको हो ।

नवगठित समितिको उपाध्यक्षहरूमा छत्रबहादुर खड्का, लक्ष्मी मण्डल र प्रकाश आचार्य सचिवमा मेदनीप्रसाद प्रसाई , सहसचिवमा अनिल भट्टराई, कोषाध्यक्षमा माधवप्रसाद खतिवडा सर्वसम्मत चयन हुनुभएको निर्वाचन समिति संयोजक लक्ष्मी गौतमले जानकारी दिनुभएको छ ।

त्यस्तै संस्थाको सदस्यहरुमा लक्ष्मीप्रसाद सापकोटा
,धुर्बराज राई, हरिबहादुर  विश्वकर्मा, भोलानाथ कडरीया, अमृत कटुवाल र अबिलाल  राजवंशी चयन हुनुभएको संयोजक गौतमले वताउनु भएको छ ।

गृल तथा स्टील व्यवसायी संघ झापाका अध्यक्ष  तेजेन्द्रकुमार उप्रेतीको अध्यक्षता तथा गृल तथा स्टील व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष बिमल नेपालको प्रमुख आतिथ्य रहेको कार्यक्रममा अध्यक्ष तेजेन्द्रकुमार उप्रेतीले संस्थाको संगठनात्मक गतिविधिहरू, सङ्घको चुनौतीहरू , भावी योजनाहरू समेटिएको अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
त्यस्तै संघका कोषाध्यक्ष माधवप्रसाद खतिवडाले गत बर्षको आर्थिक गतिविधि समेटिएको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सभामा प्रस्तुत प्रतिवेदन बन्द सत्रले पारित समेत गरेको छ ।

कार्यक्रममा काकडभिट्टा निवासी लामो समय देखी गृल तथा स्टील व्यवसायमा आवद्ध लक्ष्मी मण्डललाई सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथी गृल तथा स्टील व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष बिमल नेपाल , गृल तथा स्टील व्यवसायी संघ झापाका निवर्तमान अध्यक्ष नवीन सेढाई, दमक ईकाई उपसमिति अध्यक्ष पोषण दाहाल लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो भने गृल तथा स्टील व्यवसायी महासंघका केन्द्रीय सदस्यहरु एकराज भट्टराई , प्रकाश आचार्य लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष खगेन्द्रप्रसाद प्रसाईले अध्यक्षको प्रतिबद्धता मन्तव्य राख्दै आफ्नो कार्यकालमा बैज्ञानिक मूल्यसूची लागू गर्ने, गृल तथा स्टील व्यवसायीहरूको बीमा गर्ने, राहत कोष स्थापना गर्ने लगायतका प्रतिबद्धता व्यक्त गर्नुभयो ।

जिल्ला भरिका गृल तथा स्टिल व्यवसायीहरुको उपस्थितिमा सम्पन कार्यक्रममा उपस्थित सवैलाई स्वागत संस्थाका बरिष्ठ उपाध्यक्ष केवल कटुवाललेगर्नुभएको थियो भने कार्यक्रम संचालन संस्थाका सचिव लक्ष्मी गौतमले गर्नुभएको थियोे ।