विभिद कार्यक्रम गर्दै कनकाई माविको ६७ औँ वार्षिकोत्सव सम्पन्न , दर्जनौ सम्मानित

ठोस खबर / कनकाई नगरपालिका–३ स्थित कन्काई माध्यमिक विद्यालयको ६७ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस विभिद कार्यक्रम गर्दै सम्पन् भएको छ ।
बिद्यालयको प्रङ्गणमा माघ ८ , ११ , १२ गते आयोजना गरिएको वार्षिकोत्सव तथा अभिभावक दिवस विभिद कार्यक्रम गर्दै सोमबार सम्पन्न भएको हो ।
कार्यक्रमको अवसरमा विद्यालयका संस्थापक स्व. जनमेजय अधिकारीलाई मरणोपरान्त सम्मान गरिएको छ ।
वि. सं. १९८१ मा पाल्पाको तानसेनमा जन्मी जीवन सङघर्षका क्रममा भारतको पूर्वोत्तर राज्य आसामलगायत विभिन्न ठाउँमा जीवनोपयोगी अनुभव सँगाल्दै वि. सं. १९९९ देखि झापाको सुरुङ्गामा बसोबास गर्न थल्नुभएका समाजसेवी स्व. अधिकारीले शिक्षाले मात्र मानिसको जीवन बदलिन्छ र समाज रूपान्तरण सम्भव हुन्छ भन्ने महान् सोचका साथ २०१५ सालमा आफ्नो गाईगोठबाट विद्यालय स्थापना गर्नुभएको थियो । स्वर्गीय अधिकारीलाई प्रदान गरिएको सम्मान कान्छा छोरा यदुनाथ अधिकारी र बुहारी टीका अधिकारीले ग्रहण गर्नुभएको छ ।
विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालका केन्द्रीय सदस्य एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रप्रसाद प्रसाईंको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका पूर्व प्रधानाध्यापक एवं विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष, अग्रज साहित्यकार कोमलप्रसाद पोखरेल र बिद्यालयका पुर्व शिक्षक , विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष तथा सल्लाहकार संयोजक जनार्दन उप्रेतीलाई उहाँहरूले गरेको विशिष्ट योगदानको कदर गर्दै अभिनन्दन गरिएको थियो ।
सो अवसरमा पूर्व प्रधानाध्यापकद्वय निर्मलकुमार खतिवडा र गोपीकृष्ण भट्टराई एवम् सेवा निवृत्त शिक्षक बल्लभकुमार गौतमलाई सम्मान गरिएको थियो । कार्यक्रममा विद्यालयका पूर्व विद्यार्थी कनकाई नगर अस्पतामा कार्यरत डा. सुशम पाठकलाई सम्मान गरिएको थियो । तेस्तै बिद्यालयका पुर्व बिद्यार्थी लामो समयदेखि पत्रकारिता गर्दै आउनुभएका सञ्चारकर्मी ठोस खबर अनलाइनका सम्पादक चूडामणि तिम्सिना (सीएम शर्मा) लाई सम्मान गरिएको थियो भने कार्यक्रममा विद्यालयमा स्मार्ट कम्प्युटर ल्याब स्थापना गरी २१ थान ब्रान्डेड डेस्कटप कम्प्युटर प्रदान गर्ने रोटरी क्लब अफ सुरुङ्गालाई कदरपत्रद्वारा सम्मान गरिएको थियो । सो सम्मान प्रेसिडेन्ट डिल्लीराम मैनाली र सेक्रेटरी रामप्रसाद निरौलाले ग्रहण गर्नु भएको थियो ।
यसै गरी, छायाँ नेपाललगायतका गैरसरकारी संस्थासँग समन्वय गरी विद्यालयमा फरक क्षमता भएका विद्यार्थीका लागि १ करोड रुपैयाँको लागतमा सुविधासम्पन्न छात्रावास भवन निर्माणका लागि गरेको योगदानको मूल्याङ्कन गदै विशेष शिक्षा संयोजक जीवेन्द्र घिमिरेलाई कदरपत्रद्वारा सम्मान गरिएको थियो ।
सो अवसरमा शिक्षकहरू मन्दिरा सुवेदी, बिमला अधिकारी, अम्बिकाप्रसाद रिजाल, मोहन खतिवडा, सङ्गीता उप्रेती, निर्मलादेवी भट्टराई, पूजा न्यौपाने, जुना अधिकारी, शीतल रेग्मी र कर्मचारी नारद श्रेष्ठलाई सम्मान गरिएको थियो । सबै शिक्षक, कर्मचारी र सञ्चारकर्मीलाई जनही ५ हजार नगद, दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको थियो ।
कार्यक्रमकै अवसरमा हालै सम्पन्न १६ औँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा विद्यालयलाई मार्चपासमा प्रथम स्थानसहित २९ स्वर्ण पदक, १७ रजत पदक र १५ कास्य पदक हासिल गरी नगर विजेता विद्यालयको रूपमा स्थापित गर्न अत्यन्तै महत्त्वपूर्ण योगदान गरेकोमा खेल संयोजक लक्ष्मीकान्त कर्ण, सहसंयोजक श्री टीकाराम चिमरिया, आधारभूत तह संयोजक खेमराज भट्टराई, किशोर अधिकारी, लोकेन्द्रराज दाहाल, किशोर महत, भूवन खतिवडा, केशव घिमिरे, ऋतु सोडारी, दुर्गादेवी पौडेल, सुबोध तिम्सिना, उमा राई, जीवन पौडेल, विशाल रेग्मी र गणेश सङ्ग्रौलालाई जनही २ हजार नगदसहित कदरपत्रद्वारा सम्मान गरिएको थियो ।
सम्मानित सबैलाई कार्यक्रमका प्रमुख अतिथि स्थानीय सरकार कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल , विशेष अतिथि कनकाई नगरपालिका नगर शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख राजकुमार ओडारी बिद्यालय व्यवस्थापन समितिकाअध्यक्ष चन्द्रप्रसाद प्रसाईं , बिद्यालयका प्रअ कर्णबहादुर डाँगी लगायतले सम्मान गर्नुभएको थियोे ।
कार्यक्रमकै अवसरमा बिद्यालयले प्रकाशन गरेको “कनकाई” मुखपत्र २०८२ को समेत अतिथि गणबाट लोकार्पण गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले विद्यालय स्थापना देखेकन कुरा सम्झदै सबैको साथ र सहयोगबाट बिद्यालय यो अवस्था आईपुगेको बताउनु भयो । उहाले नगरका सबै बिद्यालयको शैक्षिक एवं भौतिक विकासको लागी नगरले हरतवरबाट सहयोग गर्दै आएको र त्यसको फल नगरको पछिल्लो शैक्षिक अवस्थाले दपएको वताउनु भयो । पोखरेलले “विद्यालयको उन्नयनका लागि गरिने वादविवाद सकारात्मक कुरा भएको तर त्यही वादविवादले विद्यालयलाई गलत दिशातर्फ धकेल्ने हो भने, त्यस्ता व्यक्तिहरूलाई इतिहासले भविष्यमा कठ्घारामा उभ्याउने भएकोले बिद्यालया वादविवाद गर्दा पनि विद्यालयको समग्र हितलाई ध्यानमा राख्नुपर्ने वताउनु भयो ।
विद्यालयका प्रधानाध्यापक कर्णबहादुर डाँगीले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रममा शिक्षक अभिभावक सङ्घका अध्यक्ष खगमाया चापागाईंले अभिभावकको तर्फबाट आफ्नो मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा कनकाई तारा गायनतर्फ प्रथम उज्ज्वल अधिकारी, द्वितीय आशा ओली, तृतीय कुसुम ठटाल, कनकाई लिटल स्टार गायनतर्फ, प्रथम इप्सिका गुरागाँई, द्वितीय गृष्मा अधिकारी, तृतीय विनिता पौडेल, कनकाई तारा नृत्यतर्फ प्रथम गरिमा बस्नेत, द्वितीय अस्मी लिम्बू, तृतीय पूर्णिमा भुर्तेल, कनकाई लिटल स्टार नृत्य तर्फ पहिलो सुप्रिया कार्की, दोस्रो आयुषा अधिकारी, तेस्रो लाज्मा चौधरी, सान्त्वना स्थान ल्याउने प्रेसिका ओलीलाई विन्दा स्मृति अक्षयकोष र खुश्बू ओली प्रतिभा अक्षयकोषबाट पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा शिक्षक उर्मिला कोइरालाद्वारा लिखित तथा निर्देशित ‘आखिर जिम्मेवार को हो ?’ नामक सन्देशमूलक नाटक प्रदर्शन गरिएको थियो । विद्यालयको योग शिक्षक निर्मला भट्टराईद्वारा संयोजित सूर्य नमस्कार तथा डम्बेल नृत्य प्रस्तुत गरिएको कार्यक्रममा विद्यार्थीहरू स्मारिका सापकोटा, इस्ता दवाडी, विनम बुढाथोकी, सुविज्ञा अधिकारी, स्वस्तिका गोश्वामी, वन्दना सेडाईँ, दिक्षक कोइराला, आयुष गिरी र प्रतीक्षा मिश्रले संस्कृत, नेपाली र अङ्गेजी भाषामा मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा शिक्षकद्वय लोकेन्द्रराज दाहाल, स्काउट शिक्षक किशोर महत र कर्मचारी बुद्धिमान कन्दङ्वाद्वारा संयोजित विद्यार्थीको मार्चपास, पीटी र सलामी अर्पण समेत प्रस्तुत गरिएको थियो । तेस्तै जातीय संस्कृति झल्काउने नृत्य प्रस्तुत गरिएको थिए भने शिक्षकहरूको सामूहिक नृत्यले दर्शकलाई आकर्षित गरेको कार्यक्रममा प्राथमिक तहका ससाना नानीबाबुहरूले साङ्गीतिक प्रस्तुति राख्नुभएको थियो ।
कार्यक्रममा जनप्रतिनिधि , नगरका विभिन्न बिद्यालयका प्रअ तथा प्रतिनिधि , बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष , संघ संस्थाका प्रमुख तथा प्रतिनिधि , राजनीतिक एवं शैक्षिक व्यक्तित्वहरू , विद्यालयका सल्लाहकार , सामाजिक व्यक्तित्व लगायतको आतिथ्यता रहेको थियो । भने अभिभावक विद्यार्थीको उल्लेख्य उपस्थिति रहेको थियो ।
कार्यक्रममा धन्यवाद मन्तव्य राख्दै कार्यक्रमका अध्यक्ष चन्द्र प्रसाईंले “अग्रज शिक्षासेवीहरूको दूरदर्शिताकै कारण आज यो विद्यालय यस गौरवपूर्ण अवस्थामा आइपुगेको वताउनु भयो ।
कार्यक्रममा उपस्थित सबैलाई स्वागत बिद्यालयका शिक्षक प्रतिनिधि दिलिपकुमार खतिवडाले गर्नु भएको थियोे भने कार्यक्रम सञ्चालन शिक्षकद्वय सङ्गीता उप्रेती र टीकाराम चिमरियाले गर्नुभएको थियो ।
