सेलवाल परिवारद्वारा लालपानी माविमा १५ लाखको छात्रवृत्ति घोषणा

ठोस खबर / झापाको शिवसताक्षी नगरपालिका ७ मा अवस्थित लालपानी माविमा सेलवाल परिवारले १५ लाखको छात्रवृत्ति घोषणा गरेको छ ।
बिद्यालयको ६० औ बार्षिक उत्सव तथा अभिभावक दिवश विशेष कार्यक्रमको अवसर पारेर सोमबार सेलवाल परिवारले उक्त छात्रवृत्ति घोषणा गरेको हो ।
विद्यालयमा गरिब तथा जेहेन्दार विद्यार्थीका लागि यसै विद्यालयका भुतपुर्व विद्यार्थी समेत रहनुभएका वालकृष्ण सेलवालको परिवारबाट पिता कृष्णप्रसाद र माता स्व तुलसादेविको नामबाट सम्मान स्मृति अक्षयकोषको समेत स्थापना गरिएको छ । यस अक्षयकोषको संरक्षक बालकृष्ण सेलवाल र विद्यालयका प्रअ बालकृष्ण प्रसाईले अक्षयकोषको कार्यविधि आदानप्रदान गरि अक्षयकोषको स्थापना गर्नुभयो ।
शिवसताक्षी नगरपालिकाका प्रमुख मेगाहाङ्ग थ्रोपा रोषनको प्रमुख आतिथ्यतामा आयोजित बिद्यालको ६० वार्षिकोत्सब तथा अभिभावक दिवस कार्यक्रममा विद्यालयमा विभिन्न दातापरिवारले स्थापना गर्नुभएको अक्षयकोषका पुरस्कारहरु प्रदान गरिएको थियो । जसमा स्वर्गिय श्याम स्मृति अक्षयकोष, स्व पुण्यप्रसाद स्मृति अक्षयकोष, विनिता चुडाल स्मृति अक्षयकोषका पुरस्कारहरु प्रदान गरिएको थियो भने विद्यालयका सेवा निवृत शिक्षकहरु गंगाप्रसाद यादव, पुस्कलकुमार प्रसाई, रामकुुमार ढुङ्गेल, यज्ञराज गौतम, भीमकुमार श्रेष्ठ, कृष्णप्रसाद घिमिरे लगायतलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा अभिभावक तथा विद्यार्थीहरुका लागि विभिन्न खेलकुदहरुको आयोजना गरिएको थियो ।
कार्यक्रममा विद्यालयका प्रअ बालकृष्ण प्रसाईले विद्यालयले आगामी दिनमा अंग्रेजी शिक्षा र विद्यालयको शिक्षाको गुणस्तर अभिवृद्धि गर्नका लागि स्थानीय सरकार र अभिभावकसग समन्वय र सहयोग गरि अगाडि बढने प्रतिवद्धता जनाउनुभयो ।
कार्यक्रममा विद्यार्थीहरुले विविध सास्कृतिक र मनोरञ्जनात्मक प्रस्तुति राखेका थिए । विद्याथीहरुका लागि स्थापित विभिन्न छात्रवृत्ति समेत प्रदान गरिएको थियो ।
