ठोस खबर , १६ माघ / झापाको कनकाई नगरपालिका ३ स्थित कनकाई फुटसलमा सहिद दिवसको अवसर पारेर आयोजित दुई दिवसीय दिव्य कृष्ण खुला फुट्सल प्रतियोगिता आज शुक्रबारबाट सुरु भएको छ ।

विद्यालयहरुमा छात्रबृत्ति, धार्मिक संघ-संस्थाहरुमा सहयोग तथा समाजमा आवश्यक परेका क्षेत्रहरुमा सहयोग गर्नुका साथै विभिन्न सामाजिक गतिविधीहरु संचालन गर्दै आएको कनकाई नगरपालिका ३ सुरुङ्गा निवासी सामाजिक व्यक्तित्व सामजसेवी टीका पोखरेलले आफ्ना स्वर्गीय मातापिताको स्मृतिमा स्थापना गर्नुभएको दिव्य-कृष्ण फाउण्डेशन सुरुङ्गाको मूख्य प्रायोजन तथा कनकाई फुटसलको आयोजनामा भएको प्रतियोगितामा झापा जिल्ला र जिल्ला बाहिरका समेत गरि ३२ टिमको सहभागीता रहेको छ ।

प्रतियोगिताको आज एक औपचारिक कार्यक्रम गरी उद्घाटन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि एथलेटिक्सका नेपालको तर्फबाट साफ खेलका पहिला खेलाडी एथलेटिक्समा तीन गोल मेडलिस्ट झापाको कनकाई नगरपालिका ५ निवासी भीष्म चुडालले खेलको औपचारिक उद्घाटन गर्नुभएको हो ।
कनकाई फुटसलका संचालक मनोरथ थापाको अध्यक्षतामा भएको औपचारिक कार्यक्रममा प्रमुख अतिथि भीष्म चुडाल , दिव्य कृष्ण फाउन्डेसनका संरक्षक टीका प्रसाद पोखरेल , अतिथिहरू कनकाई खेलकुद प्रतिष्ठानका संस्थापक अध्यक्ष ज्योति कुमार उप्रेती , सामाजिक व्यक्तित्व मिनकुमार प्रधान , शैक्षिक ब्यक्तित्व गोकुल उप्रेती , सुर्य प्रसाद पौडेल , भेट्रान खेलाडी दिल कुमार कार्की लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियोे ।

दुई दिवसिय प्रतियोगिताको फाईनल खेल भोलि माघ १७ गते हुने छ ।
प्रतियोगिताको विजेता टिमले नगद पचास हजार उपविजेता टिमले नगद तिस हजार सहित विजेता उपविजेता दुबैले ट्रफी , मेडल साथै प्रमाण पत्र प्राप्त गर्ने आयोजक कनकाई फुटसलका संचालक मोहन थापाले जानकारी दिनु भएको छ ।