तेस्रो झापा मेरीगोल्ड गायन तारा बनिन् अक्षता

ठोस खबर , १ फागुन / झापा मेरीगोल्ड अङ्ग्रेजी माध्यमिक विद्यालयले विगत तीन वर्षदेखि निरन्तर गर्दै आएको मेरीगोल्ड गायन तारा अन्तर्गत २०८२ को मेरीगोल्ड गायन तारा अक्षता शिवाकोटी भएकी छन ।
विद्यालयको प्राङ्गणमा शुक्रबार सम्पन्न विविध सांस्कृतिक कार्यक्रम सहित गायनमा उत्कृष्ट दस प्रतियोगीहरू बीचको फाइनल प्रतियोगितामा उत्कृष्ट गायन प्रस्तुत गर्दै अक्षता तेस्रो झापा मेरीगोल्ड गायन तारा बनेकी हुन् ।

बिद्यालयमा संगित प्रशिक्षक राखेरै संगितको शास्त्रीयविधामा बिद्यार्थीलाई निशुल्क प्रशिक्षण दिदै आएको झापा मेरीगोल्डले ती बिद्यार्थी हरुले सिकेको कलालाई प्रस्तुत गर्ने अवसर प्रदान गर्नको लागी हरेक बर्ष लाईभ म्युजिकमा गायन प्रतियोगिता गरी झापा मेरीगोल्ड तारा छनौट गर्दै आएको छ ।
यसअघिका वर्षहरूमा वर्ष २०८० अथवा झापा मेरीगोल्डले सुरु गरेको झापा मेरीगोल्ड ताराको पहिलो वर्षको झापा मेरीगोल्ड तारा सुभाष पाठक भएका थिए । तस्तै २०८१ मा एन्जिला अछामे दोस्रो झापा मेरिगोल्ड तारा बन्न सफल भएकी थिइन् ।

झापा मेरीगोल्ड तारा २०८२ को लागि विद्यालयमा संगीत प्रशिक्षण लिरहेका विद्यार्थीहरूमाझ विभिन्न चरणको आन्तरिक अडिसनबाट छनोट भएका उत्कृष्ट १० विद्यार्थीहरूबाट गरिएको फाइनल प्रतियोगितामा फस्ट रनर अफ रिदिमा ढकाल बन्न सफल भएकी छन् भने सेकेन्ड रनर अफ सोफिया थापा बनेकी छन् ।
प्रतियोगिताको विनर अक्षता शिवाकोटी , फस्ट रनर अफ रिदिमा ढकाल साथै सेकेन्ड रनर अफ सोफिया थापालाई क्रमश नगद ५ हजार एक सय , ४ हजार एक सय र ३ हजार एक सय सहित ट्रफी प्रदान गरिएको थियो ।
प्रतियोगिताका उत्कृष्ट १० मध्यका अन्य प्रतियोगीहरू काव्या नेपाल , भूमिका गौतम , सुदिक्षा दाहाल , प्रतिका तामाङ , आरभी ओझा , प्रस्था मगर र रितु थापालाई सान्त्वना घोषित गर्दै ट्रफी प्रदान गरिएको थियो ।

प्रतियोगिताको निर्णायकमा सरगम संगीत विद्यालयका प्रशिक्षक दीपक रायमाझी र बिहानी कला केन्द्रको प्रशिक्षक कमला खनाल रहनुभएको थियो ।

कार्यक्रममा विद्यार्थीहरूले अप्रतियोगी कक्षागत नृत्यहरू प्रस्तुत गरेका थिए भने बिद्यालयका तवला वादक विद्यार्थी शसांक तिम्सिना र पवन तिम्सिनाले तवला वादन प्रस्तुत गरेका थिए । तेस्तै भर्खरै मात्रै सम्पन्न प्याब्सन झापाको जिल्ला स्तरीय गायन प्रतियोगितामा कक्षा ११/१२ तर्फबाट प्रथम स्थान हासिल गर्ने झापा मेरीगोल्डका विद्यार्थी कृष्ण भट्टराईले लाईभ म्युजिकमा गायन प्रस्तुत गरेका थिए । उनलाई कार्यक्रमकै अवसरमा विद्यालयले सम्मानसमेत गरेको छ । त्यस्तै कार्यक्रमकै अवसर पारेर विद्यालयले २०८१ को एसइइमा कनकाई नगरमै उत्कृष्ट नतिजा ल्याउन सफल झापा मेरीगोल्ड विद्यालयका विद्यार्थी विवेक थापा , छात्रातर्फ समेत २०८१ को एसइइमा उत्कृष्ट नतिजा ल्याउन सफल मेरिगोल्डकै बिद्यार्थी अङ्किता खनाल साथै एसइइमा सफल सबै विद्यार्थीहरूलाई विद्यालयले सम्मान गरेको छ ।

बरिस्ठ गितार शिवशंकर थापाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रमुख अतिथि थापाले गीत संगीत भनेको आज थालेर भोलि नै जान्ने विधा नभएकोले यो क्रमश निखारिदै जाने भएको हुँदा यसमा लाग्नेले निरन्तर लगनशील भएर लाग्नुपर्ने बताउनुभयो । उहाँले गीतसंगीत जस्तो विधाको प्रशिक्षकै विद्यालयमा राखेर प्रशिक्षण गराउनुका साथै प्रशिक्षण लिएका विद्यार्थीहरुलाई कला प्रस्तुत गर्ने प्लेटफर्मसम्म दिएकोमा विद्यालय परिवारप्रति आभार व्यक्त गर्नुभयो ।

कार्यक्रममा शैक्षिक एवं सामाजिक व्यक्तितब डा. पुण्यप्रसाद पौड्याल , कन्काई नगर प्याब्सनका अध्यक्ष विनोद उप्रेती , नगर प्याब्सनका कोषाध्यक्ष विमान लामा , दिव्यरत्न अंग्रेजी माविका संचालक सागर ढुङ्गाना , प्यारागन एकाडेमिका प्रिन्सिपल दिपक भट्टराई , विद्यालय व्यवस्थापन समिति सदस्य टिकाराम अधिकारी , डिल्ली मैनाली लगायतको अतिथिता रहेको थियो भने अभिभावक शिक्षक कर्मचारी एवं विद्यार्थीको उल्लेख्य उपस्थिति रहेको थियो ।

विद्यालयका प्रिन्सिपल गोकुल उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै कार्यक्रमको औचित्यमाथि प्रकाश विद्यालय संचालक समिति अध्यक्ष बेनुप्रसाद उप्रेतीले पार्नुभएको थियो ।

औपचारिक कार्यक्रमको सञ्चालन विद्यालय व्यवस्थापन समिति सदस्य विवेक शिवाकोटीले गर्नुभएको थियो भने सांगीतिक कार्यक्रमको सञ्चालन विद्यालयका विद्यार्थीहरू नितेश बिक , लिला मैनाली र अङ्किता खनालले गर्नुभएको थियोे ।
