बाह्रदशीमा जंगली हात्तीको आक्रमणबाट महिला घाईते

ठोस खबर , ७ फागुन / झापाको बाह्रदशी गाउपालिका १ बोक्राझारीमा जंगली हात्तीको आक्रमणबाट एक महिला घाईते भएकी छन । घाईते हुनेमा स्थानीय अन्दाजी बर्ष ५० की लिला राजवंशी रहेको प्रहरिले जनाएको छ ।
बिहिवार बिहान पौने ६ बजेको समयमा आफ्नो बनाउदै गरेको पक्की घरमा पानी हाल्ने क्रममा लक्ष्मीनाथ सामुदायिक वन भागुडुब्बा बाट एक जंगली हात्ती आई अचानक लिला राजवंशीलाई आक्रमण गरी शरिरको विभिन्न भागमा चोट पुरयाइ गम्भीर घाईते बनाएको र हाल उनलाई उपचारको लागी बि एण्ड सि अस्पताल लगीएको प्रहरिले जनाएको छ ।
