झापा ५ मा बालेनको अग्रता कायमै

झापा ,२२ फागुन / प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी मतगणनामा झापा ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उमेदवार बालेन्द्र शाह (बालेन) निरन्तर अगाडि छन् । पछिल्लो मत परिणामानुसार उनले ६ हजार ५५१ मत प्राप्त गरेका छन् ।
उनलाई नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एक हजार ४२८ मतसहित पछ्याइरहेका छन् ।
तेस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी उमेदवार मंधरा चिमरियाले २१६ मत पाएकी छन् ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उमेदवार रन्जित तामाङले १६५ मत ल्याएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
