बालेन संग केपी ४९ हजार ६१४ मतान्तरले पराजित

ठोस खबर ,२३ फागुन / झापा ५ बाट केपि ओलिलाई फराकिलो मतान्तरले हराउदै बालेन्द्र शाह (बालेन) विजयी भएका छन ।
बालेन ६८ हजार ३४८ मतसहित निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी पुर्व प्रधानमन्त्री एमाले अध्यक्ष केपी ओलीले १८, ७३४ मत प्राप्त गरेका छन । उनीहरूबीच ४९,६१४ मतको अन्तर रहेको छ ।
झापा–५ यसवर्षको निर्वाचनमा सबैभन्दा बढी चर्चाको केन्द्रमा रहेको थियो । काठमाडौं महानगरका पूर्वमेयर बालेन शाहले उम्मेदवारी दिएसँगै यो क्षेत्रमा ओलीसँग हुने प्रतिस्पर्धालाई लिएर देशमा मात्रै नभएर विदेशमा समेत चर्चा चुलिएको थियोे ।
