कनकाईले ल्यायो किसान लक्षित कार्यक्रम , नगरका सबै वडामा २३ गतेदेखि निशुल्क पशु स्वास्थ शिविर

ठोस खवर / झापाको कनकाई नगरपालिकाले किसानलाई लक्षित गर्दै पशु स्वास्थ शिविर सन्चालन गर्ने भएको छ ।
नगरले हेफर प्रोजेक्ट नेपालको साझेदारी तथा अभियान नेपालको सहजिकरणमा कनकाई नगरपालिकामा सञ्चालित साझेदारीमा कृषि तथा पशुपालन उद्धमशिलता विकास परियोजना अन्तर्गत निशुल्क पशु स्वास्थ शिविर सञ्चालन कार्यक्रम ल्याएको कनकाई नगरका कृषि शाखा प्रमुख यदु कुमार उप्रेतीले जानकारी गराउनु भएको छ ।
अघिल्लो बर्ष पनी नगरले नगरका सबै वडामा पशु स्वास्थ शिविर सञ्चालन गरेको र उक्त स्वास्थ्य शिविर पछि किसानले पशुपालनमा राहात मिलेको प्रतिक्रिया दिदै यो कार्यक्रमलाई निरन्तरता दिन सल्लाह सुझाव दिए अनुरुपनैे यस बर्ष पनि यो कार्यक्रम ल्याएको र यो कार्यक्रमलाई नगरले अागामी बर्षमा पनि निरन्तरता दिदै जाने नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले बताउनु भएको छ ।
नगरका सबै वडामा सञ्चानल हुने शिविर यहि माघ २३ गते बाट सुरु भई फागुन २ गते सम्पन्न हुने शिविर सञ्चालन कार्यक्रमका संयोजक केशव खनालले जानकारी गराउनु भएको छ ।
माघ २३ बाट सुरु हुने शिविर कहाँ कहाँ , कुन कुन समय हुदैछ ? जानकारीका लागि यो तालिका हेर्नू होला



