ठोस खबर , २८ जेठ / कनकाई नगरपालिकाभरका विद्यालयहरुका विद्यार्थीहरुको प्रतिभा पहिचान गर्ने उद्धेश्यका साथ कनकाई नगरपालिकाको आयोजना तथा संगित साधना कला केन्द्रको व्यावस्थापनमा प्रतिभा पहिचान कार्यक्रमको आयोजना गरिएको छ ।

प्राथमिक तहदेखि मावि तहसम्मका नृत्य र गायन प्रतियोगि विद्यार्थीहरुविच गराइएको प्रतिस्पर्धामा नृत्य तर्फ प्राथमिक तहमा हाम्रो पाठशालाकी सियसी पाठक प्रथम, सिंहदेवि माविकी कीरण भुजेल दोस्रो र दीव्यरत्न माविकी दृष्टिका उप्रेतीले तृतीय स्थान प्राप्त गरेका छन ।
यसैगरि कक्षा ६ देखि ८ सम्मको नृत्यमा मर्निङ्ग ग्लोरीकी रितिका बुडाथोकी प्रथम कनकाई माविकी अस्मी लिम्बु दोस्रो र हाम्रो पाठशालाकै अदिती उप्रेतीले तेस्रो स्थान प्राप्त गरेका छन ।
यसैगरी कक्षा ९ र १२ तर्फ देवकोटा एजुकेशन फाउण्डेनकी नेरिका राई प्रथम, हरिकुल नमुनाकी सरगम खड्का दोस्रो र कनकाई माविकी कविता दाहालले तेस्रो स्थान हासिल गरेका छन ।

यसैगरी गायनतर्फ कक्षा १ देखि ५ सम्ममा झापा मेरीगोल्डकी आरभी ओझा प्रथम, नवयुग शिक्षा निकेतनका गौरव मिश्र दोस्रो र हरिकुल नमुना माविकी स्वरा अधिकारी तृतीय भएका छन ।
यसैगरी कक्षा ६ देखि ८ सम्ममा हरिकुल नमुनाकी दिवाली मैनाली प्रथम हाम्रो पाठशालाकी क्रिञ्जल निरौला दोस्रो र प्यारागन एकाडेमीकी मनिला भट्टराई तृतीय भएका छन ।
यसैगरि कक्षा ९ देखि १२ को गायनतर्फ हरिकुल नमुना माविका आयुष अधिकारी प्रथम, कनकाई माविका कुशल ठटाल दोस्रो र ग्लोबल एकाडेमीका जेनिन गुरागाईले तेस्रो स्थान हासिल गरेका छन ।

यस प्रतिस्पर्धामा गायन तर्फ तीनै तहमा प्रथम हुने प्रतिस्पर्धीलाई संगित साधना कला केन्द्र तथा नृत्य तर्फ प्रथम हुने विद्यार्थीलाई सुरुङ्गा डान्स सेन्टरका तर्फबाट निशुल्क डान्स कक्षा प्रदान गर्ने घोषणा गरिएको थियो ।


कनकाई नगरपालिकाकी उपप्रमुख आशाशर्मा शिवाकोटीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा वडाअध्यक्षहरु लक्ष्मी ओली र प्रताप राई , कनकाई माविका प्रअ कर्णबहादुर डाँगी, अध्यक्ष हरिकुमार तिम्सिना लगायातले मन्तव्य राख्दै विद्यार्थीहरुको अन्तर्निहित प्रतिभालाई प्रष्फुटन गर्नका लागि कार्यक्रम सफल बनेको बताउँनुभयो ।
संगित साधना कला केन्द्रकी अध्यक्ष तुलसा पाठकको सभापतित्वमा आयोजित कार्यक्रममा संगित साधना कला केन्द्रका प्रमुख ध्रुव पाठकले कार्यक्रमको औतित्यमाथि प्रकाश पार्नुहुदै स्वागत गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन लेखनाथ गुरागाईले गर्नुभएको थियो ।
कनकाई नगरपालिकाले हरेक बर्ष यस क्षेत्रमा अध्ययनरत् प्रावि देखि मावि तहसम्मका विद्यार्थीहरुको आन्तरिक प्रतिभाको पहिचानका लागि यसप्रकारको कार्यक्रमको आयोजना गर्दै आइरहेको छ ।