कनकाईमा निरन्तर लक्षित वर्गका लागि निःशुल्क स्वास्थ्य बिमा

चन्द्र बस्नेत
ठोस खबर / झापाको कनकाई नगरपालिकाले यतिबेला लक्षित वर्गका लागि निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम धमाधम गरिरहेको छ । नगरका ९ वटै वडामा टोल तथा वडाबाट सिफारिस भएका प्रत्येक टोलका अति विपन्न भएका केही घरपरिवारलाई पूर्ण रुपमा निःशुल्क र ५ देखी ८ घर परिवार सम्मका लागी आधा शुल्कमा स्वास्थ्य बिमा कार्यक्रम शुरु गरिएको नगर प्रमुख राजेन्द्रकुमार पोख्रेलले जानकारी दिनुभयो ।
यसै अन्तर्गत सोमबार कनकाई वडा नं. १ मा निशुल्क स्वास्थ्य बिमाको सुरुवात भएको छ । उक्त कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख पोख्रेलले अब नगरबासीले स्वास्थ्य सेवाबाट बन्चित हुने अवस्थाको अन्त्य भएको बताउनु भएको छ । उहाँले नगरका सबै जसोवडामा अहिले आधारभुत स्वास्थ्य केन्द्रको स्थापन गरि नगरबासी लाई सहज स्वास्थ्य सेवा सुरु गरिएको जानकारी गराउनुभयो । नगरले यसअघि नगर अस्पतालमा अग्सिजन प्लान्टको स्थापना गरि सेवा दिदै आएको छ भने नगरबासी अति विपन्न केही गरिव दुखीहरुलाई निशुल्क स्वास्थ्य बिमा कार्यक्रम यतिबेला धमाधम गरिदै आएको जानकारी दिनुभयो ।
नगरको प्रत्येक टोलका २ देखि ४ घरपरिवारलाई पूर्ण निःशुल्क र ५ देखि ८ घरपरिवारलाई आधा पैसामा स्वास्थ्य बिमा गर्ने लक्ष्य अनुसार सोमबार कनकाई वडा नम्बर १ मा स्वास्थ्य बिमा कार्यक्रम शुरु गरिएको वडा अध्यक्ष शुसिलकुमार पोख्रेलले जानकारी दिनुभयो । दुई वर्ष अघि कोरोना कहरका कारण प्रभावित प्रतेक नगरवासी हरूलाई अहिलेसम्म नै निशुल्क अक्सिजन समेत उपलब्ध गराउँदै आएको प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।
स्वास्थ्य बिमा कार्यक्रम अन्तरगत सोमबार वडा नम्बर १ का १६ टोलका ४५ घर परिवारलाई पूर्ण रुपमा निःशुल्क र ९० घरपरिवारलाई स्वास्थ्य बिमाको आधा शुल्कमा बिमा गर्न शुरु गरिएको वडा अध्यक्ष शुसिलकुमार पोख्रेलले जानकारी दिनुभयो ।
कार्यक्रमको सहजिकरण वडा नं. १ कि स्वास्थ्य बिमा कार्यक्रमकि प्रतिनिधि शुस्मा पोख्रेलले गर्नुभएको थियोे भने कार्यक्रममा वडा सदस्यहरु निर्मला खड्का, हरिकुमार राई, संगीता ल्वागुन, दलबहादुर थापा, वडासचिव कमला विश्वकर्मा, कर्मचारी कोपिला अधिकारी, निर्मला बानिया, टोलविकास संस्थाका पदाधिकारी , स्थानीय सेवाग्राही लगायत सयौंको उपस्थिति रहेकोे थियो । वडा सदस्य दलबहादुर थापाले स्वागत गरेको कार्यक्रमको सन्चालन महिला वडा सदस्य निर्मला खड्काले गर्नुभएको थियो ।
