झापाको कनकाईका २ स्थानमा एकैसाथ सामाजिक महायज्ञ सुरु

चन्द्र बस्नेत , ठोस खबर / झापाको कनकाईका २ स्थानमा एकैसाथ सामाजिक महायज्ञ अाज बुधबारदेखि सन्चालन गरिएको छ ।
कनकाई १ स्थित दुर्गापुर बजारको इतिहाससँग जोडिएको पुर्व – पश्चिम् राजमार्ग उत्तर श्री नवदुर्गा भगवती (मनसादेवी) मन्दिर परिसर र कनकाई वडा न २ स्थित जामुनाबारी सामुदायिक वन उपभोक्ता समितिको गेट पुर्वपटि दाता परिवारबाट निर्माण गरिएको श्री पञ्चकन्या पाथिभरा देवीको मन्दिर परिसरमा आज देखी सुरु भई आगामी १६ गते सम्पन्न हुने गरी महायज्ञ संचालनमा आएको हो ।

दाता परिवार राजेन्द्रकुमार विष्ट र युवकला विष्टले निर्माण गराएको कनकाई २ मा रहेको महायज्ञ परिसरबाट आज विहान ८:३० बजेको समयमा कलश यात्रा सुरु भइ १०:३० बजे एक विशेष समारोहका विच महायज्ञ समुद्घाटन गरिएको सन्चार सयोजक मन नेम्वाङले जानकारी दिनुभयो ।
प्राकृतिक पर्यापर्यटनको विकास गर्ने उद्देश्यले झापामै पहिलो पटक जामुनखाडी सामुदायिक वनले सञ्चालनमा ल्याएको जामुनखाडी सिमसार पर्यटकीय स्थलमा धार्मिक पर्यटनलाई पनि जोडने उद्देश्यले जामुनखाडी सामुदायिक वन संरक्षक रहेर श्री पञ्चकन्या पाथिभरा देवी मन्दिर समितिले महायज्ञको आयोजना सुरु गरिएको पुराण मुल आयोजक समितिका संयोजक बुद्धिमान बोहोराले जानकारी दिनुभयो ।

यता कनकाई १ स्थित दुर्गापुर बजारको इतिहाससँग जोडिएको पुर्व – पश्चिम् राजमार्ग उत्तर श्री नवदुर्गा भगवती (मनसादेवी) मन्दिर परिसरमा समेत महायज्ञको समुद्घाटन गरिएको छ। कोशी प्रदेशका उद्योग, कृषि, सहकारी तथा गरिवी निवारण मन्त्री भक्तिप्रसाद सिटौला र कनकाई नगरपालिका प्रमुख राजेन्द्रकुमार पोख्रेलले एकै साथ महायज्ञको समुद्घाटन गरिएको महायज्ञ मुल आयोजक समितिकि संयोजक सरला दाहाल पोखरेलले जानकारी दिनुभयो ।

आज चैत ८ मा समुद्घाटन भइ आगामी १६ गते समापन हुने महायज्ञ सामुदायिक भवन निर्माण र अक्षयकोष वृद्धि गर्ने उद्देश्यका साथ नौ दिवसीय श्रीमद देवीभागवत महापुराण नवाह ज्ञान महायज्ञ संचालन गरिएको नवदुर्गा भगवती (मनसादेवी) मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद निरौलाले जानकारी दिनुभयो । आज बिहान ११ बजे मन्दिर परिसरबाट सयौं को संख्यामा भक्तजनहरुको सहभागितामा सुरु गरिएको कलश यात्रा कनकाई नदिमा गइ जल लिएर मन्दिर परिसरमा पुन आई एक विशेष समारोहका साथ भव्य रुपमा समुद्घाटन गरिएको थियोे । महायज्ञ सम्पन्न गर्न विभिन्न जिम्मेवारीमा रहनु हुने साथै अन्य सरोकारवाला सबैमा आवश्यक्ता हेरेर सहयोग गरिदिन मूल आयोजक समिति संयोजक पोखरेलले सबैमा अपिल समेत गर्नुभएको छ।
