काठमाडौं, ९ भदौ / क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कारको जाहेरी दिने युवतीले आत्महत्याको प्रयास गरेकी छिन् । अघिल्लो वर्षको भदौ ५ गते आफूमाथि जबरजस्ती करणी गरेको भन्दै भदौ २१ गते प्रहरीमा जाहेरी दिएकी किशोरीले अावाश्यकता भन्दा बढी ( अोभर डोज ) अौषधी प्रयोग गरी आत्महत्या प्रयास गरेको समाचार छ ।

प्रहरी स्रोतका अनुसार उनको अहिले थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था खतरामुक्त रहेको अस्पताल श्रोतको भनाइ रहेको छ ।

क्रिकेटर लामिछानेविरुद्धको मुद्दाको भोली आइतबार अन्तिम सुनुवाइको पेशी तोकिएको छ ।