कनकाई /झापा कनकाई नगरपालिका स्थित प्यारागन एकाडेमीका पिन्सिपल तथा लायन्स क्लव अफ डिस्ट्रिक ३२५ सी का एडभाइजर डिआर सुवेदीको भोली बिहिवार साढे १० बजे अन्तेष्टि गरिने भएको छ ।
सुवेदीको गत सोमवार साँझ ७ बजेर २० मिनेटमा कनकाई नगरपालिका ८ लक्ष्मीपुर सितल चोकमा सवारी दुर्घटनामा परि निधन भएको थियो ।

उहाँको निधनपछि श्रीमती मिना आज बुधवार जापान बाट साँझ मात्रै घर आइपुग्ने र बिहिवार भोली बिहान साढे १० बजे कनकाई माईमा अन्तिम सस्कार गरिने लायन्स क्लव अफ कनकाई सुरुङ्गाका संस्थापक अध्यक्ष लीला चिमरियाले बताउँनुभयो । हाल डिआर सुवेदीको शव विएण्डी अस्पताल बिर्तामोडको मर्करी रुममा राखिएको छ ।

सुवेदीको सवलाई भोली बिहिवार विहान १० बजेदेखि आधा घण्टाका लागि उहाँको निजि निवास कनकाई ४ इलुवावारीमा छरछिमेकी , लायन्सकर्मी, शिक्षासेवी, आफन्तजन, शुभचिन्तक लगायातका लागि अन्तिम श्रद्धाञ्जलीका लागि राखीने परिवारीक स्रोतले जनाएको छ ।

कनकाई नगरपालिका ३ निवासी ५४ बर्षिय देवराज सुवेदीको सोमवार साँझ ७ बजेर २० मिनेटको समयमा पुर्वबाट पश्चिमबाट आउदै गरेको प्रदेश १—०१—०१३ प १४१७ नम्बरको मोटरसाईकललाई विपरित दिशाबाट जादै गरेको ग १ च ३२४८ नम्बरको बुलेरो जिपले ठक्कर दिँदा मोटरसाईकलमा सवार सुवेदी सख्त घाईते हुनुभएको थियो । उहाँको उपचारका लागि बिर्तामोडस्थित विएण्डसी अस्पताल बिर्तामोडमा पुर्याउन साथ निधन भएको अस्पताल स्रोतले जानकारी गराएको थियो ।
ठक्कर दिने गाडी र गाडीचालक पाचथर जिल्ला हिलिहाङ गाउँपालिका ७ का होमप्रसाद सेन्चुरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।