ठोस खवर / कनकाई छठ सेवा समाजको अागामी कार्यकालको लागि सर्वसम्मत समिति छनौट गर्न छठ सेवा समाजले अनुरोध गरेपछी अध्यक्ष पदका दावेदार अमन गुप्ताले उमेदवारी फिर्ता लिएका छन । गुप्ताले सर्वसम्मत कार्य समिति चयनका लागि खगेन्द्र महतोलाई समर्थन गर्दै उमेदवारी फिर्ता लिएको भएता पनि अन्तत समिति चयनका लागि निर्वाचन हुनेनै भएको छ ।

सबैको सहमतिमा कार्य समिति चयन गर्ने समाजले निर्णय गरेपछी अध्यक्षपदका दावेदार अमन गुप्ता , खगेन्द्र महतो र विजय शर्मा विच समझदारी गर्ने प्रक्रियामा अमन गुप्ताले खगेन्द्र महतोलाई समर्थन गर्दै उमेदवारी फिर्ता लिए पनी अर्का अध्यक्ष पदका दावेदार उमेदवार विजय शर्माले महतोलाई समर्थन नगरे पछी समाज निर्वाचन प्रकृयामा गएको उमेदवारी फिर्ता लिएका अध्यक्षका दावेदार तथा समाजका जनसम्पर्क अधिकारी अमन गुप्ताले जानकारी गराउनु भएको छ ।

समाजको कार्य समिति चयनमा अध्यक्ष , उपाध्यक्ष र माहसचिबमा सहमति नजुटे पछि निर्वाचन हुन लागेको हो । निर्वाचन प्रक्रिया सम्पन्न गर्न जगतनारायण मण्डलको संयोजकत्वमा उपेन्द्र प्रधान र नवल कीशोर दत्त सदस्य रहेको निर्वाचन समिति वनाईएको छ भने निर्वाचन समितिलाई पवन शाह र चन्दन शाहले अावाश्यक सहयोग गर्ने वताईएको छ ।

विधानत १५ सदस्यीय कार्य समिति रहने प्रावधान रहेको समाजमा १३ सदस्य निर्वाचित रहने छन भने २ सदस्य निर्वाचित समितिले मनोनित गर्ने जनसमझ अधिकारी गुप्ताले जानकारी दिनुभएको छ । अध्यक्ष , उपाध्यक्ष र महासचिवमा निर्वाचन हुने भए पनि अन्यमा भने सर्वसम्मत भएको छ ।
सर्वसम्मत हुनेमा वरिष्ठ उपाध्यक्षमा मुन्ना शाह , सचिवमा मञ्जु प्रधान र कोषाध्यक्षमा पुष्पा पण्डित रहनु भएको छ । तेस्तै सदस्यहरु पुनम चौधरी , राधना शाह , निलम ठाकुर , राकेश चौधरी , श्याम पंजियार , सोनु शाह र बिवेक पोधार सर्वसम्मत भएको पनी गुप्ताले जानकारी गराउनु भएको छ ।

मतदाता सङ्ख्या २६६ रहेको समाजको निर्वाचनमा अध्यक्षका उमेदवार खगेन्द्र महतोलाई समर्थन गर्दै उपाध्यक्षमा नगेन्द्र कुमार शाह र महासचिवमा अशोक शाहको उमेदवारी रहेको र अर्का अध्यक्षका प्रत्यासी विजय शर्मालाई समर्थन गर्दै उपाध्यक्षमा धर्मेन्द्र शाह र महासचिवमा रविन्द्र गुप्ताले उमेदवारी दिनुभएको जनसम्पर्क अधिकारी अमन गुप्ताले बताउनु भएको छ ।
पदाधिकारी चयनको लागि यही असोज ३० गते निर्वाचन तय गरिएको छ ।