ठोस खबर / न्यु रेलिमाई युवा क्लब कनकाई ५ को अायोजनामा तुलसीबारीमा जारी प्रथम प्रदेश स्तरिय नकअाउट फुटवल प्रतियोगितामा न्यु स्टार बिर्तामोड फाइनलमा प्रवेश गरेको छ ।

कनकाई ५ तुलसीवारी स्थित देबकाेटा प्राविकाे खेल मैदानमा बिहीबार भद्रपुरको काजीमान फुटबल टिम र न्यु स्टार टिम बिर्तामोडबिच भएको दोस्रो सेमिफाइनल खेलमा काजीमान फुटबल टिम लाई १ – ० गोल अन्तरले हराउदै न्यु स्टार टिम बिर्तामोड फाइनलमा प्रवेश गरेको हो ।

जितको लागि खेलको ८अौं मिनेटमा जर्सी नं. २ का विर्तामोडका खेलाडी बिजय राईले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । खेल प्रतिस्पर्धात्मक देखिए पनि बाँकी खेल समय अवधिभर दुवै पक्षबाट थप कुनै गोल हुन नसके पछी बिर्तामोडका राईले गरेको गोलनै निर्णायक गोल बन्न पुगेको हो ।

खेलमा विजेता टिम न्यु स्टार बिर्तामोडका गोल कर्ता खेलाडी बिजय राई म्यान अफ दि म्याच घोषित भए । उनलाई स्थानीय खोमनाथ उप्रेतीले प्रयाोजन गरेको नगद पुरस्कार १ हजार पाँच सय र स्थानीय विद्योदय अंग्रेजी विद्यालयले प्रयोजन गरेको ट्रफी खेल संयोजक रमेशचन्द्र दाहाल साथै प्रायोजक उप्रेतीले प्रदान गरेका थिए । तेस्तै खेल प्रेमी लयप्रसाद उप्रेतीले विजेता टिमलाई रु १ हजार पाँच सय प्रदान गरेका थिए ।

उपाधीका लागी आगामी ४ गते फुलपातीका दिन हुने फाईनल खेलमा यस अघिको पहिलो सेमिफाईनल खेलको विजेता टिम अायोजक न्यु रेलीमाई र अाजको विजेता न्यु स्टार बिर्तामोडबिच प्रतिस्पर्धा हुनेछ । अायोजक टिम फाईनलमा पुगेकोले र घरेलु मैदानमा खेल हुने भएकाले पनी फाईनल खेल अरु भन्दा थप रोमाञ्चक वन्ने पक्का छ ।

खेलमा प्रथम हुने टिमले नगद १ लाख १ हजार एक सय एघार र दोस्रो हुने टिमले ७५ हजार पाँच सय पच्पन्न सहित दुबै टिमले ट्रफी , मेडल र प्रमाण पत्र प्राप्त गर्ने अायोजक संस्थाका अध्यक्ष मोतिखर अोझाले जानकारी गराएका छन । तेस्तै विधागत रुपमा उत्कृष्ट खेलाडीलाई समेत पुरस्कारको व्यवस्था गरिएको छ ।
खेलको प्रथम नगद पुरस्कारको प्रायोजन स्वर्गिय पिता छविलाल अोझाको स्मरण गर्दै आयोजक संस्थाका अध्यक्ष समेत रहेका मोतिखर अोझा (मोहन) सहित ओझा परिवारबाट र दोस्रो नगद पुरस्कारको प्रायोजन स्वर्गिय पिता विष्णु दाहालको स्मरणमा यस खेलका खेल संयोजक समेत रहेका रमेशचन्द्र दाहाल लगायातबाट गरिएको वताईएको छ ।