ठोस खबर / बडा दशैको अवसर पारेर झापाको कनकाई नगरपालिका ३ स्थित कनकाई माविको खेल मैदानमा शनिबार फुलपातिका दिन बृहत् सन्थाल मेला लाग्ने भएको छ ।

कनकाइ खेलकुद प्रतिस्ठानको अायोजनामा उक्तमेला लगाउन लागिएको प्रतिष्ठानका सह सचिव तथा मेला संचालन समितिका संयोजक भुवन खतिवडाले बिहिवार सुरुङ्गामा अायोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराउनु भयो ।

विगत ९ बर्ष अघि २०७१ सालमा कनकाई नगरपालिका ३ योगमाया सालिक क्षेत्रका स्थानीयले सुरुगरेको सन्थाल मेलालाई निरन्तरता दिदै गत बर्षबाट खेलकुद प्रतिष्ठानले अायोजना गर्न थालेको प्रतिष्ठानका अध्यक्ष छवि थपलियाले वताउनु भयो ।

प्रतिष्ठानले अाफ्नो अतिरिक्त कृयाकलाप अन्तरगत लोप हुँदै गहिरहेका सन्थाल समुदायको संरक्षण र उनिहरुको कला सस्कृतीको जगेर्ना गर्नु पर्छ भन्ने उदेश्यले बडा दसैको फुलपातीका दिन झापा मोरङ सुनसरी लगायत अन्य छेत्रमा बसोबास गर्दै आइरहेका संथाल समुदायलाई समेट्दै प्रतियोगितात्मक बृहत् कनकाइ सन्थाल मेलाको आयोजना गरेको र अागामी हरेक बर्ष हरुमा पनि फुलपातीका दिन यो मेला अायोजना गरीने अध्यक्ष थपलियाले पत्रकार भेटघाटमा जानकारी गराउनु भयो ।

मेलाको संरक्षक समेत रहेको कनकाई नगरपालिकाका प्रमुख तथा पत्रकार भेटघाट कार्यक्रमका प्रमुख अतिथि राजेन्द्रकुमार पोखरेलले हरेक जातजातिको अाअाफ्नै संस्कृति अाअाफ्नै परम्परा रहेको र त्यसको जगेर्ना गर्ने कुरामा नगरपालिकाले हिजोका दिनदेखि सहयोग गर्दै अाएको र निरन्तर सहयोग गरिरहने वताउदै कुनैपनि जातजातिको भाषा लोप नहोस भनेर नगरले पाठ्यक्रममै हाल नगर भित्र रहेका १५ जातजातिको अाअाफ्नै भाषाको कम्तिमा पनि २५/२५ शब्दावली तयार गरेर यस बर्ष देखि साना कक्षा हरुमा पठनपाठन गराउन थालिएको जानकारी गराउनु भयो ।

तेस्तै पोखरेलले जसरी धेरै किसिमका फुलहरु भएको फुलबारी सुन्दर देखिन्छ त्यसैगरी एउटा संस्कृति भएको मानिसले अर्को संस्कृति भएको मानिसलाई सम्मान गर्ने थिति बसाउन सकियो भने हाम्रो देशपनी अदितिय फुलबारी बन्न सक्ने भन्दै यस्तो फुलबारी बनाउने कार्यमा कनकाई नगरपालिकाले अार्थिक , भौतिक , वौदीक जस्तोसुकै रुपमा सहयोग गर्न पर्छ गर्ने प्रतिवद्धता जनाउनु भयो ।

प्रतिस्पर्धात्मक सन्थाल मेलामा २० बटा भन्दा माथी समुहको सहभागीत रहने वताईएको छ । अनुमानित खर्च ३ लाख ७५ हजारमा सम्पन्न गर्ने गरि अायोजना गरिएको प्रतिस्पर्धामा प्रथम हुने समुहले नगद ३२ हजार , द‍ोस्रोले नगद २७ हजार , तेस्रोले नगद २३ हजार , चौथोले नगद २० हजार र पाचौंले नगद १८ हजार प्राप्त गर्ने छन भने प्रतियोगितामा सहभागी जनाउने अन्य सबै समुहलाई उचीत सान्त्वना पुरस्कार प्रदान गरिने अायोजकले जानकारी गराएका छन ।

प्रतियोगिताको प्रथम पुरस्कारको प्रायोजन माननीय सांसद एलपि साँवा लिम्बू , तेस्रो पुरस्कारको प्रायोजन झापा गाउँपालीका र पाचौं पुरस्कारको प्रायोजन स्वतन्त्र नागरिक समुहबाट भएको छ भने कनकाई नगरपालिकाबाट २ लाख सहयोग प्राप्त हुने बताइएको छ । नपुग थप रकम विभिन्न संघसंस्था , चन्दादाता र अायोजक बाटै जुटाई प्रतियोगिता सम्पन गरिने पनि अध्यक्ष थपलियाले वताउनु भएको छ ।

प्रतिष्ठानका संस्थापक अध्यक्ष ज्योतिकुमार उप्रेती , निवर्तमान अध्यक्ष दिननाथ खतिवडा , सल्लाहकार लिला चिमरिया , सन्थाल समुदायबाट सुनिल मुर्मु लगायत अायोजक पदाधिकारीहरु अम्बिका खरेल , चित्रा श्रेष्ठ लगायतको उपस्थिति रहेको पत्रकार भेटघाटमा सहजिकरण संस्थाकी सचिव मान्ता खरेलले गर्नु भएको थियो ।