त्रिकोणात्मक टी–२० अन्तराष्ट्रिय सिरिजको उपाधि युएईको पोल्टामा

काठमाडौं ,१० कात्तिक / त्रिकोणात्मक टी–२० अन्तराष्ट्रिय सिरिजको उपाधि संयुक्त अरब इमिरेट्स (युएई)ले जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटीङमा उत्रेको नेपालले एक सय ६३ रनको लक्ष्य दिएको थियो ।
उक्त लक्ष्य युएईले ६ विकेट गुमाएर हासिल गरेको हो ।
नेपालले पाँचौँ, सातौँ, आठौँ, तेह्रौँ, सोह्रौ, सत्रौँ, अठारौँ ओभरमा विकेट गुमाएको थियो । यसअघि भएको लिगको खेलमा नेपाललले पहिलो खेलमा युएईलाई ७ विकेट पराजित गरेको थियो भने दोस्रो खेलमा ५ विकेटले हराएको थियो ।
कुशल भुर्तेलले २९ बलमा अर्धशतक बनाए भने दिपेन्द्रसिंह ऐरी १५ बलमा २०, कप्तान रोहित पौडेल १७ बलमा १८, आसिफ शेख १२ बलमा ८ कुशल मल्लले २ बलमा १, सन्दीप झोरा १० बलमा १०, गुलशन झा ८ बलमा ५, सोमपाल कामी ८ बलमा १३ रन बनाए भने करण केसीले १७ बलमा २३ रनको योगदान दिए ।
नेपालले यो खेल जितेर ह्याट्रिक जित निकाल्ने दाउमा थियो । तर, सिरिजका यसअघि सबै खेल जितेको नेपालले फाइनलमा हार्दा उपाधिविमुख भएको हो ।
