चप्रमारी स्पोर्टिङ क्लबले अायोजनागरेको प्रथम मेयर कप जिल्ला स्तरिय भलिवल प्रतियोगिता सुरु

ठोस खबर / झापाको कनकाई नगरपालिका ५ स्थित चप्रमारी स्पोर्टिङ क्लबले अायोजना गरेको प्रथम मेयर कप जिल्ला स्तरिय पुरुष भलिवल प्रतियोगिता अाज ( विहिवार ) बाट सुरु भएको छ ।

कनकाई नगरपालिका ५ स्थित विद्योदय अंग्रेजी विद्यालयको मैदानमा कात्तिक २३ (अाज ) बाट सुरु भएको खेल कात्तिक २५ गते सम्पन् हुने अायोजक क्लबका सचिव ऋवाज तिम्सिनाले जानकारी गराउनु भएको छ ।

पहिलो दिन बिहिवार भएका चार खेलमा मेचिनगर , कनकाई , शिव सताक्षी र झापाको टिम विजयी भएका छन । वेस्ट अफ थ्रीको सेटमा खेलाईएको खेलमा मेचिनगर र बाह्रदसी बिच भएको खेलमा पहिलो सेटमा बाह्रदसीले मेचिनगरलाई २२ – २५ ले हरायो भने दोस्रो र तेस्रो सेटमा मेचचिनगरले क्रमशः २५ – २२ र २७ – २५ ले बाह्रदसीलाई हराउदै मेचिनगर सेमि फाईनलमा प्रवेश गर्यो ।
त्यसैगरी अायोजक टिम र झापा गाउपालिकाको टिम विच भएको खेलमा अायोजकलाई २५ – २० र २५ – २३ को सोझो सेटमा हराउदै झापा सेमी फनईनलमा प्रवेश गरेको छ । त्यस्तै अाजै भएको गौरीगञ्ज र कनकाई बिचको खेलमा कनकाई २५ – १९ र २५ – १६ को सोझो सेटमा विजयी भएको छ भने कचन कवल र शिवसताक्षी बिच भएको खेलमा शिवसताक्षी २५ – १५ र २५ – १६ को सोझो सेटमा विजयी भएको छ ।

कनकाई र शिवसताक्षीले भने सेमिफाईनलमा प्रवेशका निम्ती शुक्रबार अर्को एकएक खेल खेल्नु पर्ने छ । शुक्रबार कनकाई र भद्रपुर बिच साथै शिवसताक्षी र गौरादह बिच सेमिफाइनलको निमित्त प्रितस्पर्धा हुने छ । शुक्रबारनै सेमीफाईनलका खेल समेत हुने छन भने फाईनल खेल कात्तिक २५ गते हुने छ ।

प्रतियोगिता सम्पन गर्नकोलागी कनकाई नगरपालिका र कनकाई नगरपालिका वडा नं. ५ को विषेश सहयोग रहेको चप्रमारी स्पोर्टिङ क्लबका अध्यक्ष षन्तोस गुरुङ्ले जानकारी गराउनु भएको छ ।
प्रतियोगितामा बिजेता टिमले ५१ हजार नगद , ट्रफी ,मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन भने उप विजेता टिमले ३१ हजार नगद , ट्रफी , मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन । प्रत्येक खेलका म्यान अफ द म्याचलाई नगद १ हजार र ट्रफीको ब्यवस्थापन गरेको र म्यान अफ द सिरिजलाई नगद ५ हजार सहित ट्रफीको ब्वस्थागरिएको क्लबका अध्यक्ष षन्तोस गुरुङ्ले वताउनु भएको छ ।
